तिलोत्तमा-जुटौं सारा गाउँ शहर, शून्य पोलिथिन तिलोत्तमा नगर भन्ने उदेश्यका साथ तिलोत्तमा नगरपालिकामा सुरु गरिएको शून्य पोलिथिन अभियान अन्तरगत बुधबार ति.न.पा. वडा नं १ को प्यारामाउण्ट इङलिस बोर्डिङ स्कुल पहिलो शुन्य पोलिथिन विद्यालय घोषित भएको छ ।
प्यारामाउण्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार बर्मा, प्रद्यानाध्यापक दामोदर भुषाल, वडा सदस्य नेत्र प्रसाद खनाल, अर्जुन थापा र हिरा देवि वि. क., शुन्य पोलिथिन तिलोत्तमाका कार्यकारी निर्देशक लक्ष्मी चापागाई र संयोजक कमल देवकोटा, सह-प्राध्यापकद्धय लिलाधर किंराती र दिपक केसी, अतिरिक्त क्रियाकलाप प्रमुख अमृत सेढाई, प्रा. वि. ईञ्चार्ज पुष्पा बस्नेत, प्रशासकिय अधिकृत होम शर्मा, उच्च मा.वि. संयोजक लक्ष्मण अर्याल लगाएत आमासमुह तथा टोल विकास समितिका अध्यक्ष, स्कुलका शिक्षक शिक्षिका हरियाली नेपालका संयोजक उर्मिला शर्मा तथा स्वंयमसेवकहरु साथै सम्पुर्ण विद्यार्थीहरुको उपस्थितिमा शुन्य पोलिथिन तिलोत्तमाका अभियन्ता निपेश ढाकाले शुन्य पोलिथिन घोषणा गर्नु भएको थियो ।
घोषणा पुर्व विद्यालय परिसर भित्र तथा बाहिरको पोलिथिनजन्य पदार्थ संकलन साथै कक्षा ८ र ९ का विद्यार्थीहरुले विद्यालय बाहिर टोलमा पोलिथिनजन्य पदार्थको प्रयोग रोकौ, जलाउने सामाजिक अपराध रोकौ जस्ता विभिन्न नारा लगाएका थिए ।
प्रकाशित मिति : बुधबार, माघ ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्