बुटवल
श्री तिलोत्तमा बहुमुखी सहकारी संस्था TMC लि को अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षतामा बसेको १७औं नियमित मासिक बैठकले विभिन्न नितिगत निर्णयहरू गर्नुका साथै तिलोत्तमा उद्योग बाणिज्य संघद्वारा आयोजित औद्योगिक प्रदर्शनी तथा व्यापार मेला लाई सफल बनाउन सक्रिय सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरी TMC sister’s society को उत्पादन बजारीकरणका लागि प्रदर्शनीमा स्टल राख्ने निर्णयलाई अनुमोदन गरेको छ । साथै संस्थाका सल्लाहकार रामकृष्ण खाँण राष्ट्रिय सहकारी महासंघको संचालक सदस्य पदमा निर्वाचित हुनुभएको हुँदा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गर्ने निर्णय गरेको छ । त्यसैगरी संस्थाको प्रेस सल्लाहकारमा प्रेस युनियन रुपन्देहीको अध्यक्ष रेखा भुषाल लाई मनोनयन गर्ने निर्णय गरेको छ ।। संस्थाका सचिव पार्वती थापाले संचालन गरेको उक्त बैठकमा संस्थाका संरक्षक क्या यमबहादुर खत्री , निवर्तमान अध्यक्ष श्री ढाल बहादुर कार्की लगायतले बोल्नु भएको थियो ।
प्रकाशित मिति : बिहिबार, माघ ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्