JanataToday.com

Advertisment

SKIP THIS

उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा

उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा

सर्लाही।
सरकारले १८ पुसमा किसानसँग गरेको पाँचबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसान संघर्ष समिति सर्लाहीले पुनः आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।सरकारले पुस १८ गते काठमाडौंमा पाँचबुँदे सहमति गरी उखु किसानको पुरानो बक्यौता रकम ७ माघभित्र भुक्तानी गरिसक्ने सहमति गरेको थियो ।
उखु किसान संघर्ष समिति सर्लाहीले सहमति कार्यान्वयन नगरेको भन्दै बुधबार मलंगवामा पत्रकार सम्मेलन गरी माघ ९ देखि १८ माघसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
किसानले पहिलो दिन १० माघमा कालोपट्टी बाँधेर खेतमा काम गर्ने, ११ देखि १७ माघसम्म गाउँगाउँमा उखु किसान जनजागरण अभियान सञ्चालन गर्ने र १८ माघमा गोडैता बजारमा उखु किसानको भेला गरी नयाँ आन्दोलनको स्वरूप र मिति तय गरिने संघर्ष समितिसर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताए ।
सरकारले उखु किसानलाई झुक्याएर काठमाडांैबाट घर पठाएकाले १८ माघसम्म पनि किसानको बाँकी सबै रकम भुक्तानी नपाए कडा आन्दोलन गर्ने रायले चेतावनी दिए । उनले विगतमा सरकार र उद्योगसँग भएको सहमतिको तत्कालै कार्यान्वयन गरी आन्दोलनको अवस्था आउन नदिन आग्रहसमेत गरे । सर्लाही सञ्चालित तीनवटा चिनी उद्योगमध्ये इन्दुशंकर चिनी उद्योग हरिवनले मात्र किसानको पुरै रकम भुक्तानी गरेको छ ।
बाँकी महालक्ष्मी सुगर मिल बगदहले १० करोड र अन्नपूर्ण सुगर मिल धनकौलले ३५ करोड किसानको रकम भुक्तानी गर्ने बाँकी रहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । त्यसैगरी, सरकारले उखु किसानलाई दिनु पर्ने १ अर्ब ३४ करोड रुपैयाँ अनुदान अहिलेसम्म पनि पाउन सकेका छैनन् ।

प्रकाशित मिति : बिहिबार, माघ ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij