रोट्रयाक्ट डाउनटाउनको क्लिन सिटि अभियान

रोट्रयाक्ट डाउनटाउनको क्लिन सिटि अभियान

बुटवल ।
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले क्लिन सिटि रोट्र«याक्ट रेसपोन्सविलिटि अवधारणालाई अगाडि बढाई सफा सहर अभियान अगाडि बढाएको छ । बजारमा बढ्दै गएको जनघनत्व र शहरीकरणले बजारलाई दुसीत बनाउनबाट रोक्न र सहरलाई हराभरा बनाउन क्लबले यो अभियान अघाडि सारेको र जस अन्तर्गत क्लबले बुटवलका विभिन्न मुख्य चोकमा १५ वटा डस्टविन ( फ्रेमर सिक्री सहित ) जडान गरेको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराउनुभएको थियो।
कार्यक्रममा क्लबका अध्यक्षले सहर सफा र हराभरा रहे आफु स्वस्थ्य रहन सकिने र यो हरेक नागरिक तथा संघसस्थाको कर्तव्य रहेको बताउनुभएको थियो । साथै सर्वसाधारणलाई बाटोमा हिड्दा फोहर बाटोमा जथाभावी नफालि डस्टविनको प्रयोग गर्न आग्रह गर्नुभएको थियो । क्लबले यसकार्यक्रममा ५५००० बराबरको डस्टविन जडान गरेको जानकारी गराउदैं उक्त कार्यको लागि सहयोग गर्ने सम्पुर्णमा धन्यबाद दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष तुलसी घिमिरेले रोट्रयाक्ट बुटवल डाउनटाउनले उत्कृष्ठ कार्यक्रमहरुका साथ अगाडि बढेको र शहर सफा अभियान अन्यन्तै प्रभावकारी कायएक्रम रहेको जानकारी गराउदै क्लबको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष जिवन अधिकारी, बाबुराम बञ्जाडे, राजिव गौतम, अजित घतानेले आफनो भनाई राखेका थिए ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका संयोजक रामु बेलवासे र कार्यक्रमको संचालन कृष्ण घिमिरेले गर्नुभयो थियो ।

प्रकाशित मिति : शुक्रबार, माघ १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij