काठमाडौं
नेपाल प्रहरीले अवैधरूपमा लुकाइछिपाई विदेश लैजान लागेको अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले आठ हजार ४१७ अमेरिकी डलरसहित ललितपुरका ३३ वर्षीय विकास जोशीलाई शनिबार पक्राउ गरेको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले इत्तेहाद एयरवेजको उडानबाट अबुधावी हुँदै अमेरिका जान लागेका जोशीलाई विमानस्थलको प्रस्थान कक्षमा पक्राउ गरेको जानकारी दिए। पक्राउ परेका जोशीलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : आइतबार, माघ १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्