फोहर नफाल्न आग्रह गर्दै नागरिक स्तरबाट स्थानीय सरकारको सहयोगमा बुटवलमा नमुना अभियान सुरु

फोहर नफाल्न आग्रह गर्दै नागरिक स्तरबाट स्थानीय सरकारको सहयोगमा बुटवलमा नमुना अभियान सुरु

बुटवल।
सार्वजनिक सवारी साधनबाट फालिने फोहरले सडक, सहर र बस्ती दुर्गन्धित बन्दै गइरहेको गुनासो आइरहेका बेलामा बुटवलमा एउटा नयाँ अभियान सुरु भएको छ । सार्वजनिक सडक पेटी तथा चोकहरुमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै नागरिक स्तरबाट स्थानीय सरकारको सहयोगमा बुटवलमा नमुना अभियान सुरु भएको हो ।

Image may contain: outdoor
विदेशको अनुभवलाई स्वदेशलाई भन्ने नाराका साथ सुरु गरिएको अभियानको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नागरिक स्तरबाट सुरु भएको अभियानले स्थानीय तहलाई थप जिम्मेवार र जवाफदेही बनाउने काम गरेको बताउनुभयो ।
स्वच्छ, सुन्दर र हराभरा सहर निर्माणमा सबैको सहकार्यको खाँचो रहेको उल्लेख गर्दै प्रमुख सुवेदीले उत्साहीत नागरिक समाज, लेखक र विश्लेषकहरुको सकारात्मक सहकार्यले नै परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।

Image may contain: 3 people, people smiling, people standing and outdoor
यसक्षेत्रका लेखक, विश्लेषक तथा पत्रकारहरुको एउटा समूहले बुटवल उपमहानगरपालिकाको सहयोगमा यसक्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारी सधानहरुबाट यसखालको अभियान सुरु गरेको हो । विभिन्न रुट र क्षेत्रमा आउजाउ गर्ने सार्वजनिक यातायातका साधन र तिनका मजदुर तथा यात्रुलाई बसभित्रबाट फोहर जथाभावी बाहिर नफाल्न आग्रह गर्दै बस भित्रै फोहर संकलन गर्न निशुल्क डष्टविनसमेत वितरण गरिएको समन्वयकर्ता उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश ५ का कोषाध्यक्ष एवम् विश्लेषक ऋषि आजादले जानकारी दिनुभयो ।

Image may contain: 3 people, people smiling, people standing and outdoor
हालै मित्रराष्ट्र चीनको भ्रमणमा गएर आएका यहाँका लेखक, विश्लेषक तथा पत्रकारहरुले बुटवल उपमहानगरपालिकाको सहयोगमा यसखालको अभियान सुरु गरिएको विश्लेषक आजादको भनाइ छ । विश्लेषक आजादसहित प्रेस स्वतन्त्रता सेनानी तथा ज्येष्ठ कम्युनिष्ट मञ्चका नेता अर्जुन ज्ञवाली, पत्रकारहरु भरत केसी, प्रदीप आचार्य, अमृत गिरी, विष्णुप्रसाद घिमिरे तथा बालकृष्ण भट्टराईसहितको टोलीले हालै मित्रराष्ट्र चीनको भ्रमण गरेको थियो ।


त्यहाँको सार्वजनिक यात्रा, सडकपेटी तथा फोहरको व्यवस्थापनबाट प्रभावित भएर उक्त टोलीले बुटवलमा सार्वजनिक बसलाई फोहर संकलनको बाल्टी वितरण गर्दै विदेशको अनुभव स्वदेशलाई भन्ने अभियान सुरु गरेको हो । विदेशबाट फर्कने हरेक नागरिकले विदेशको अनुभव स्वदेशलाई भन्ने अभियान आत्मसात गर्नुपर्ने र त्यसलाई अनिवार्य प्रयोगमा ल्याउन जरुरी रहेको अभियानकर्ताहरुले बताएका छन् ।

प्रकाशित मिति : आइतबार, माघ १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij