बुटवल-अखिल नेपाल स्वतन्त्र विद्यार्थि यूनियनद्धारा बुटवल स्थीत सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्नातक तह प्रथम बर्षमा कक्षा समिति गठन अभियान सुरु गरेको छ ।
त्रिविले आगामि फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनावको कार्यतालिका अगाडि बढाए संगै रुपन्देहीका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारीका लागि विद्यार्थी संघठनहरुले संघठन विस्तार कार्यक्रम अगाडि बढाएका छन् ।
नेकपा निकट विद्यार्थी संघठन अनेरास्वयूले सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा आज आनो संघठन विस्तार गरेको छ । कासिराम आचार्य र शिवराज बेल्बासेको अध्यक्षतामा तथासुरज खनालले सञ्चालमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा अनेरास्वयूका नेता सुशिल भण्डारी, विवेक पौडेल, समिर अधिकारी, विशाल पाण्डे, हिमाल खानल, माधव अर्याल, जिवन शर्मा, मिलन सुबेदि, अस्मिता पन्थी, शान्ता कुँवर लागाएतको अपस्थिति थियो ।
जस अन्तर्गत आज अनेरास्वयूले विविएस प्रथम वर्ष व्यवस्थापन संकायको सेक्सन ए मा आनो २३ सदस्यि कक्षा समिति गठन गरेको छ । जसको अध्यक्षमा शिशिर क्षेत्री, उपाध्यक्षमा शिला न्यौपाने, सचिवमा प्रतिभा बस्याल, सहसचिवमा ओमकला नेपाली र लक्षमण बस्याल कोषाध्यक्षमा अमृत थापा सह कोषाध्यक्षमा सरस्वती चन्द साथै सदस्यहरुमा युधिर पौड्याल, सुमन बस्याल, सन्दिप थापा, दिपेन्द्र नेपाली, मनिसा तामाङ, अनुजा रेश्मी, पिजन घर्ति, रोशन गुरुड्ड, लक्की घिमिरे, अशोक खानल, लक्ष्मी वि.सी, राधा श्रेष्ठ, सम्झना पौडेल, विमला कार्कि, विपिका नेपाली र विन्दु भण्डारी रहेका छन । संगठन विस्तार कार्यक्रम निरन्तर अगाडि बढाउने समेत जानकारी गराएका थिए ।
प्रकाशित मिति : सोमबार, माघ १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्