दाङ – चितुवाको छालासहित प्रहरीले दाङबाट दुई जनालाई पक्राउ गरेको छ ।दंगिशरण गाउँपालिका १ का चेतबहादुर पुन र २४ वर्षीय सौगात घर्तिलाई प्रहरीले चितुवाको छालासहित सोमबार बेलुकी ५ बजे घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
चितुवाको छाला बोकेर हिँडिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पछ्याउँदै जाने क्रममा दाङ घोराही उपमहानगरपालिका १४ को नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
उनीहरुले बोकेको झोला जाँच गर्दा झोलाभित्र प्लास्टिकको बोरामा लुकाइ राखेको टाउको बङ्गरा देखि पुच्छरसम्मको पूरै भाग भएको चितुवाको छाला भेटिएको हो । उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत, प्रहरी नायब उपरीक्षक डीएसपी सुमित खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्