श्राद्ध गर्ने नयां तरीका, पितृश्राद्धमा असहायलाई खाजा

श्राद्ध गर्ने नयां तरीका, पितृश्राद्धमा असहायलाई खाजा

 

 बुटवल – अघिल्लो वर्षहरुमा जस्तै यस वर्ष पनि पत्रकार शरण कर्माचार्यले आफ्नो पितृ श्राद्ध दिनदुखीलाई सहयोग गरेर सम्पन्न गरेका छन् ।

आफ्नो पिताको मृत्युको तिथीको दिन पारेर कर्माचार्यले बुटवल सुख्खानगर स्थित मानव सेवा आश्रममा आश्रीत बृद्दबृद्दा तथा असहायहरुलाई खाजा खुवाउंदै पितृश्राद्ध गरेका छन् । सेवा आश्रममा आश्रीत १ सय ३० जनालाई खाजा बितरण गरि कर्माचार्यले पितृकर्म गरेको मानव सेवा आश्रमकी कार्यालय प्रमुख सरु अधिकारीले बताईन् ।

आर्थिक सम्पन्न ब्राम्हणलाई दक्षिणा दिनु भन्दा दिननुखीलाई सेवा गर्दा वास्तबिक पितृ सेवा हुने कर्माचार्यले बताए । उनले सडकमा मान्छे भोकै डुलिरहेको अवस्थामा अन्नलाई पिण्ड बनाएर खोलामा बगाउनुको सट्टा कुनै एक जना भोकालाई खुवाउंदा पूण्य प्राप्त हुने बताए ।

पत्रकार कर्माचार्यले हरेक वर्ष आफ्नो आमा र बाबा दुबैको मृत्यु तिथी पारेर असहायलाई सहयोग गर्दै आएकाछन् ।

बुटवलमा संचालनमा रहेको मानव सेवा आश्रममा १ सय ३० जना बृद्दबृद्दा र असहायहरुले आश्रय लिईरहेकाछन् । सेवा आश्रमको आफ्नै भवन निर्माण गर्ने उद्देश्यले बुटवलमा अर्को साताबाट महायज्ञ लगाउने तयारी भएको समेत सेविका अधिकारीले बताईन् ।

प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij