पत्रकारलाई लाइसेन्स लिनुपर्ने प्रावधानलाई स्वीकार गर्न नसकिने: महासंघका उपाध्यक्ष पोख्रेल

पत्रकारलाई लाइसेन्स लिनुपर्ने प्रावधानलाई स्वीकार गर्न नसकिने: महासंघका उपाध्यक्ष पोख्रेल

बुटवल ।
मिडिया काउन्सिल बिधेयकलाई संसदीय समितिले अगाडि बढाउँदै गर्दा पत्रकारको परीक्षा लिने प्रावधान थपिएकोमा नेपाल पत्रकार महासंघले आश्चर्य प्रकट गरेको छ ।
महासंघका उपाध्यक्ष विपुल पोख्रेलले त्यस्तो प्राबधानप्रति आपत्ति प्रकट गनुभएको छ ।
नागरिकको आवाज बोल्ने, मानवअधिकारको पक्षमा बोल्ने र बेथिति विरुद्ध बोल्ने वर्ग नै पत्रकार हो’, उहाले भन्नुभयो ‘त्यो बर्गलाई लाइसेन्स लिएरमात्र बोल भन्नु अभिव्यक्ति स्वतन्त्रताको खिलापमा हुन्छ ।’
पोख्रेलले महासंघको आन्दोलनपछि बिधेयकमा आंशिक संशोधन भएता पनि नयाँ बिबादित र जटिल प्रावधान घुसाएर बिधेयकलाई झन् बिबादित बनाउन खोजिएको बताउनुभयो ।
बिधेयकमा मिडियालाई स्वनियमनका लागि प्रश्रय दिनुपर्ने आफूहरूको आवाज रहेको बताउँदै उनले त्यसको सम्बोधन गर्न, काउन्सिलको संरचना अझै बलियो र समावेशी बनाउन, नियुक्ति प्रकृया सर्बस्वीकार्य बनाउन सांसदहरूलाई आग्रह गर्नुभयो।
अब संसदको पूर्ण बैठकबाट बिधेयकका बिबादित र झन्झटिला प्राबधान हटाउन सांसदहरूलाई आग्रह गर्दछु’, उहाले भन्नुभएको छ ।उहाले पत्रकारलाई लाइसेन्स लिनुपर्ने प्रावधानलाई सैद्धान्तिक रूपमै स्वीकार गर्न नसकिने बताउँदै त्यो बाटोतर्फ नजान खवरदारी पनि गर्नुभएको छ

प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij