बुटवल –रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भएको दोस्रो औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन महोत्सवमा राखिएका सबै स्टलको अवलोकन गरेपछि फर्किने बेलामा स्टेजको अगाडि तर्फ एउटा सग्रहालय देख्न सकिन्छ । त्यो स्टल अरु भन्दा फरक रहेको छ ।त्यहा अवलोकन गर्न स्कुलका बिद्यार्थी देखी युवा वृद्धा हरुको घुइचो देख्न सकिन्छ । हरेक क्षेत्रमा आधुनिक प्रविधिको बिकास भएको अबस्थामा रुपन्देहीको तिलोत्तमा मेलामा भने फरक परम्परागत सङ्ग्रालय देख्न सकिन्छ ।

कृषि सङ्ग्रालयमा पस्दा हाम्रा पुस्ताले प्रयोग गरेका पुराना समान हरु देख्न सकिन्छ । त्यहा भित्र पस्ता जो कोहीलाइ पनि आफनो पुर्खाको सम्झना झल्काउछ । सानो समान ताल , भोटे ताल्चा देखि लिएर संग्रहालयभित्र परम्परागत कृषि औजार, पुराना घरेलु हातहतियार, बाजागाजा, भँडाकुडा, ठेकी, मदानी, रोंचे, हसिया, आरन, टुकी, रेडियो, टेप, क्यासेट, सन्धन, तरवार, मानो, पाथी, हर्पे, सिन्का, सुकुल, हलो, फाली, मान्द्रो, दिउरी, हांडी, लोटा, डाली, ढकिया, उदिन, तमौरा, कचौरा, मधुस, डोको , तमाखु, नेती, मदुरा, भुटुना, लोरो, ढिकी, जांतो लगायतका ठूलो कोल आराको सेट परम्परागत लोपोन्मुख सामग्री सम्म हामी देख्न सकिन्छ । अर्घाखाची भुमिका ६ स्थान घर भएका प्रकाश दाई बेल्बासेको संयोजकत्वमा सन्जय गैरे, हिमाल बेल्बासे, रप्रकाश ज्ञवाली ले बिभिन्न संघसंस्थाको सहकार्यमा सङ्ग्रालय निर्माण गरि गाउँबाट दैनिक जिबनमा प्रयोग हुँदै आएका तर हाल लोपोन्मुख अबस्थामा पुगेका बस्तुहरु सङ्ग्रालय राख्नुभएको हो । “पहिचान र संस्कृतिको जगेर्ना गरौँ । पुराना बस्तुहरुको संरक्षण गरौँ । नया पुस्तामा हस्तान्तरण गरौँ ।“ भन्ने नारा दिएर प्रदर्शनमा ल्याईएको कृषि सङ्ग्रालयमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ ।

उहाहरुले परम्परागत बस्तुहरुलाइ जोगाइ राख्नका लागि यो अभियान चलाउनु भएको हो । यति धेरै सामाग्रि एकै ठाउमा जम्मा गर्न पक्कै पनि सजिलो थिएन । उनिहरुले पहिला धेरै मिहिनेतका साथ अर्घाखाचीबाटनै यि बस्तुहरु जसको सामान हो उस संग कागज गरी ल्याइ दिन्छौ भनि सामान हरु जम्मा गरेको र पछि लगेर दिएको बताउनु हुन्छ ,सञ्जय गैरे तर अहिले यो हामी यसरी सग्राहलयको लागि हो भनि उहाहरुलाइ बताए पछि र बिभिन्न मिडिया बाट थाहा पाए पछि उहाहरुले फिर्ता नलिएको गैरेले बताउनु भयो ।

बिशेष गरी नया पिडीका लागि यि समानहरु मेलामा राखिएकोको बताउदै बच्चाहरु बिषेश आफना बाबा आमा संग मेला अवलोकन गर्न आउनुहुन्छ यहा आए पछि हाम्रा हजुरबुवा हजुराआमाले कस्ता समान प्रयोग गर्दा रहेछन त भनि थाहा हुन्छ उनीहरुले ति सामान देख्न अवसर पाउछन र हाम्रा परम्परागत सस्कृति जोगाइ राख्न पर्छ भन्ने ज्ञान हुन्छ गुन्द्री बुन्ने देखि कोल भनेको के हो भन्ने थाहा उनीहरुलाइ हुन्छ उहा भन्नुहुन्छ हामीले यि लोप हुन लागेको वस्तु हरुलाइ जिवन्त राख्नका लागि पूराना सामानको संमरक्षणका लागि र हाम्रो संस्कार बचाइ राख्नका लागि यो अभियान चलाएको र हाम्रो उद्येश्य भएको प्रकाशले बताउनु भयो। उहा भन्नुहुन्छ हाम्रो यो एउटा अभियान हो हामीले कुनै पैसा कमाउनका लागि यो अभियान होइन हाम्रो सवैको व्यसाय छ ।हामीले अझै बिभिन्न जात जाती भेग अनुसार सामान जम्मा गरी सके पछि २ बर्ष भित्र राष्टिय स्तरको सग्रहालय राख्ने योजना छ यो अभियानमा प्रदेश ५का मुख्य मन्त्रीले शकर पोखरेलले सग्रहालय राख्नुस हामी सहयोग गर्छो भन्ने प्रतिबद्धता जनाउनु’भएको छ ।
यो एउटा संस्थाले गर्नु पर्नै काम हो हामी गरेका छौ यस किसीमको सङ्ग्रालय राख्नाले मानिसको जीवनस्तर माथि उठाउँछ, त्यसका लागी पहिचान चाहिन्छ। आर्थिक विकास र समृद्धिले जनताको जीवनस्तर माथि उठे पनि मौलिक संस्कृति र परम्परा बाँकी रहेन भने अस्तित्व समाप्त हुन्छ। त्यसैले यस अभियान सफल पारेर छोडने संकल्प बोकेको सन्जय गैरेले बताउनु भयो ।
यस अघि गत बर्ष पनि यही यूवाहरुको समुहले बुटलमा कृषि सङ्ग्रालयको स्टल राखेका थिए र भने यसअघि बुटवल उद्योग बाणिन्य संघकले आयोजना गरेको मेलामा समेत कृषि सङ्ग्रालयको स्टल राखिएको थियो ।
प्रकाशित मिति : बिहिबार, माघ १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्