JanataToday.com

Advertisment

SKIP THIS

शाइन रेसुंगा बैंकका ग्राहकलाई उपचार शुल्कमा छुट

शाइन रेसुंगा बैंकका ग्राहकलाई उपचार शुल्कमा छुट

बुटवल – शाइन रेसुंगा डेभलपमेण्ट बैक लि. र बांकेको नेपालगञ्ज मेडिकल कलेज बीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार शाइन रेसुंगा डेभलपमेण्ट बैंकका खातावाल ग्राहकहरुले उक्त मेडिकल कलेजमा उपचार गराउंदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने छन् । मेडिकल कलेजले बैंकका ग्राहकहरुको स्वास्थ्य जांच, प्याथोलोजी, शल्यक्रिया र रेडियोलोजी शुल्कमा १० प्रतिशत छुट दिने छ । सम्झौता पत्रमा शाइन रेसुंगा डेभलपमेण्ट बैक लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनौडियाले बुधबार हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बैंकका जुनसुकै शाखाका खातावालले यो छुट सुविधा पाउने छन् । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएसंगै शाइन रेसुंगाले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा सहित अन्य सेवा थप्दै जाने नीति अनुसार नेपालगञ्ज मेडिकल कलेजसंग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।

प्रकाशित मिति : बुधबार, माघ १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij