रुपन्देहीको भैरहवामा बोराले च्यापेर एकै परिवारका चार जनाको मृत्यु

रुपन्देहीको भैरहवामा बोराले च्यापेर एकै परिवारका चार जनाको मृत्यु

बुटवल- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ६ गल्लामण्डी पिपरहियामा बोराले च्यापेर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

बोराको थुप्रोले च्याप्दा भारत बिहारका ३० बर्षिय सहजाद हुसेन, उनकी श्रीमती २८ बर्षिय सद्धव खातुन, ६ बर्षिय छोरा सुल्तान रजा र २ बर्षिया छोरी सहिना खातुनको मृत्यु भएको हो ।
आफैंले संकलन गरेर राखेको बोराले थिचेको अबस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो ।

घरको सटर भित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउँमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर थिच्दा सास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ ।

प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५-२० बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री वितरण गर्दै आएका थिए । उनीहरुको शव पोस्टमार्ट‍मका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij