क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा

क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा

काठमाडौं– क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा बाँधिनु भएको छ । उहाँले नेपालगञ्ज घर भई काठमाडौंमा बस्दै आएकी प्रतिभा घिमिरेसँग वैवाहिक बन्धनमा बाँधिनुभएको हो ।
आफन्त र परिवारजनको उपस्थितिमा सामाजिक रीति बमोजिम दुबैजनाको विवाह भएको हो । करीब छ वर्षअघि नेपालञ्जमा क्रिकेट प्रतियोगिता खेल्दा पहिलोपटक दुबैजनाबीच भेटघाट भएको थियो । उक्त भेटघाट मित्रतामा कायम हुँदै प्रेम सम्बन्धमा परिणत भएको थियो । घिमिरे हाल काठमाडौंमा सानिमा बैंकमा कार्यरत हुनुहुन्छ ।
२४ वर्षीय सोमपाल नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै  अन्तर्राष्ट्रिय एकदिवसीय र २८ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएको छ । गुल्मीमा जन्म भई भारतमा किशोर अवस्था बिताउनुभएका सोमपाल नेपाली राष्ट्रिय टोलीका अलराउण्डर हुन् ।

प्रकाशित मिति : बिहिबार, माघ १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij