नागरिकले औषधी नपाएर ज्यान गुमाउनुपर्ने परिस्थितीको अन्त्य गर्न नेता खाँणको सरकारसंग आग्रह

नागरिकले औषधी नपाएर ज्यान गुमाउनुपर्ने परिस्थितीको अन्त्य गर्न नेता खाँणको सरकारसंग आग्रह

बुटवल ।
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नागरिकले औषधी नपाएर ज्यान गुमाउनुपर्ने परिस्थितीको अन्त्य गर्न सरकारसंग आग्रह गर्नुभएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहनु भएका नेता खाँणले अहिलेपनि नागरिकले औषधी नपाएर ज्यान गुमाउनु परिरहेको बताउँदै बिशेषगरी दुर्गमका जनतालाई औषधी उपचारको उचित प्रवन्ध मिलाउन सरकारसंग आग्रह गर्नुभएको हो ।

Image may contain: 4 people, including Ramkrishna Khand
तिलोत्तमा जेसीजको बिहिबार साँझ सम्पन्न आठौं पदस्थापन समारोहमा बोल्दै उहाँले लोकतान्त्रिक शासन व्यबस्था भएका मुलुकका नागरिकले औषधीको अभावमा ज्यान गुमाउनु पर्ने परिस्थिती राम्रो नभएको भन्दै सरकारको गम्भिर ध्यानाकषर्ण गराउनु भयो । युवाहरुको संस्था जेसीजले बिधिको शासनलाई प्रवद्र्धन गर्ने काम गरेको औंल्याउँदै जेसीजले अंगिकार गरेको बिधिको शासन पद्धती सत्तामा रहेका व्यक्तिहरुले सिक्नुपर्ने उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य गोपाल भट्टराईले मुलुकमा शासन व्यबस्था बदलिएपनि बदलिएको शासन व्यबस्था कार्यान्वयन गर्न नजान्दा समस्या भएको बताउनु भयो । उहाँले जेसीजले अंगिकार गरेको बिधिको शासन पद्धती हस्तक्षप गरेरै भएपनि सत्ता सञ्चालकलाई सिकाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

Image may contain: 23 people, including Từ Nhung and Binod Subedi, people standing
त्यसै अवसरमा राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य भट्टराईलाई तिलोत्तमा जेसीजले सम्मान गरेको थियो । पद हस्तान्तरण कार्यक्रममा बोल्दै तिलोत्तमा जेसीज वर्ष २०१९ का अध्यक्ष जयप्रकाश भट्टराईले आफूले वर्षभरी गरेका गतिबिधिका बारेमा जानकारी गराउँदै आफूले सुरु गरेका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष लोकप्रसाद भण्डारी ९राजु०ले आफ्नो कार्यकाललाई जेसीजको तालिम बर्षका रुपमा अंगाडी सारेको जानकारी गराउनु भयो । त्यस्तै उहाँले अग्रजले अंगाडी सारेका कामलाई निरन्तरता दिँदै ‘लिडरशिप ईन एक्सन’ भन्ने नारामा आफ्ना गतिबिधि केन्द्रित रहने जानकारी गराउनु भयो ।
कार्यक्रममा नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष शोभा खरेल, उपाध्यक्ष राकेश गुरुङ्, संस्थापक अध्यक्ष बिनोद ढकाल, पूर्व अध्यक्ष यादव भट्टराई, उपाध्यक्ष रमेश न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले आफ्नो कार्यसमितिलाई पूर्णता दिनुभएको छ । उहाँले महासचिवमा बासुदेव शर्मा, कानुनी सल्लाहकारमा प्रकाश न्यौपाने र कोषाध्यक्षमा महेश शर्मा पौडेललाई मनोनित गर्नुभएको हो भने सल्लाहकारहरुमा पूर्व अध्यक्षहरु यादव भट्टराई, बिनोद सुवेदी, बिनोद ढकाल लगायतलाई चयन गर्नुभएको छ

प्रकाशित मिति : शुक्रबार, माघ १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij