हिमचुली बचत तथा ऋण सहकारी संस्थाले राहत रकम बितरण

हिमचुली बचत तथा ऋण सहकारी संस्थाले राहत रकम बितरण

भैरहवा ।
हिमचुली बचत तथा ऋण सहकारी संस्थाले राहत रकम बितरण गरेको छ । संस्थाको शेयर सदस्य लक्ष्मण बैदवार क्षेत्रीको मृत्यु पछि उनकी श्रीमति सुनिता बैदवार क्षेत्रीलाई सहकारीले नगद २ लाख २५ हजार रुपैया राहत बापत बितरण गरेको छ । स्वर्गिय शेयर सदस्य बैदवारको सम्झनामा उनकै घरमा पुगी श्रदाञ्जली सभा गरी मृतक शेयर सदस्यको परिवारलाई राहत स्वरुप सो रकम हस्तान्तरण गरिएको हो । सहकारीले शुक्रबार घरमै पुगेर सहकारीको नीति अनुरुप स्वर्गीय बैदवारको पत्नी सुनिता बैदवारलाई बिमा रकम बापतको २ लाख २५ हजार रुपैया सहयोग गरिएको हो । उक्त रकम सहकारीका अध्यक्ष बसन्तकुमारले श्रीवास्तवलाई हस्तान्तरण गरेका हुन । राहत रकम बितरण गर्न संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्ण, सचिव अम्बिका तिवारी, सल्लाहकार पर्शुराम पराजुली, कार्यसमिति सदस्य अम्बिका पराजुली, गणेश श्रेष्ठ लगायत कर्मचारी समेतको टोली पुगेको थियो । सहकारीले आफ्ना सदस्यको मृत्यु भएको खण्डमा २ लाख २५ हजार रुपैया राहत स्वरुप सहयोग उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij