सैनामैना रामापुरमा दुई मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु

सैनामैना रामापुरमा दुई मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु

बुटवल ।
रुपन्देहीको सैनामैना रामापुरमा दुई मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
लु ४२ प ७०९६ र लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटर एकआपसमा ठोक्‍किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।दुर्घटनामा परि सैनामैना ७ का अन्दाजी वर्ष २१ का सुदिप चौधरी र नविन चौधरीको मृत्यु भएको हो । मृत्यु हुने मोटरसाइकलमा सवार हुन् । दुर्घटनामा घाईते भएका सन्तराम चौधरीको बुटवल प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । तीन जना एऊटै मोटरसाइकलमा बिहेमा समाबेश भएर आउदै गरेका बुझिएको छ । स्कुटर चालक भने शकुसल छन्

प्रकाशित मिति : शुक्रबार, माघ १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij