मणिग्राम- रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगितामा शनिबारका खेलमा एक्सिस कलेज र वेष्टर्न मेघा कलेज विजयी भएका छन् । एक्सिस कलेज र क्षितिज ईण्टरनेश्नल कलेज ए बीच भएको खेलमा एक्सिसले क्षितिजलाई २ का विरुद्ध ३ गोल गरेर विजयी भएको हो ।
यस्तै वेष्टर्न मेघा कलेज र क्षितिज कलेज बीच भएको दोस्रो खेलमा मेघाले क्षीतिजलाई १ का विरुद्ध ५ गोल गरेर विजयी भएको हो ।
जानकीनगर क्लवको व्यबस्थापनमा भएको प्रतियोगिता अन्तरगत भोली आईतबार क्वाटर फाइनलका खेल हुनेछन् । भोली वेस्टर्न मेघा कलेज ढवाहा र स्मृति ईङ्गलिस स्कूल, राममणि कलेज र शान्ति नमुना मावि, पामिर एकेडेमी र एक्सिस कलेज, सगरमाथा कलेज देवदह र नेपथ्य कलेजका बीच क्वाटर फाईनल खेल हुने प्रतियोगिताका संयोजक तथा तिलोत्तमा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अमनमान श्रेष्ठले जानकारी गराउनु भयो ।
२१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लाका बिद्यालय तथा कलेजगरी २५ टिमको सहभागिता रहेको जानकीनगर क्लवका अध्यक्ष दिनेश गरैले वताउनु भयो । प्रतियोगितामा विजयी टिमलाई ३० हजार तथा उपविजेता टिमलाई १५ हजार रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले जानकारी गराउनु भयो ।
प्रकाशित मिति : शनिबार, माघ १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्