कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट २ जनालाई लागु औषध सहित पक्राउ गरिएको छ । आइतबार विहान प्रहरीले चेकजाँच गर्ने क्रममा दुइ जनाबाट लागु औषध बरामद गरेको हो ।
कृष्णनगरबाट बुटलव तर्फ जादै गरेका रुपन्देही गैडहवा गाउँपालिका वडा नं। ९ निवासी बर्ष १९ का अनिल सुनार र सल्यान त्रिवेणी गाउँपालिका वडा नं। १ निवासी बर्ष १८ का कुमार चलाउने बाट लागु औषध ट्रामोल १ सय ९० ट्याब्लेट, नाइट्रेट ७९ ट्याब्लेट बरामद गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख मोतिलाल योन्जनले जनाउनुभयो । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको योन्जनले बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, माघ १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्