रुपन्देही -रुपन्देही जिल्लाको माया देबी गाउपालिका वार्डन. ७ बेथरीमा भएको महायज्ञमा त्यहा रहेका दानबिर तथा चमार समुदायलाई विभेद गरिएको पाईएको छ । चमार समुदायका मानिसहरुले महायज्ञमा लाग्ने सबै खर्च आफुहरु उठाएको र मन्दिर निमार्णका लागि आफनो समाजका अगुवा प्रकास चमारले लगभग ५० लाख पर्ने जग्गा दान गरे पनि आफुहरुलाई भोज खाने बनाउने बेलामा विभेद भएको आरोप लगाएका छन ।
त्यहा रहेका चमार समुदायले आफुहरुलाई निच , पानी नचल्ने जात , चमारले छोएको आएमा देबी माता रिसाउने आदी आरोप लगाउदै आफुहरुलाई भोज भतेरमा रोक लगाईएको पिडित रझनक चमारले बताएका छन । उहाका अनुसार आफुहरुले सबै काम, पैसा, चाल दाल नुन सबै खर्च जुटाएको तर आफनो समुदायका महिला दिदीबहिनीहरुलाई भोजका लागि खाना बनाउने बेलामा सहभागि नगराएको , आफुहरुलाइृ छुट्टै बस्न लगाएर खाना खाना बसाएको, लगाएत त्यहा रहेका उच्च जातकाहरुले आफुहरुलाई जातिय गाली गरको बताए ।
चमार समुदायका समासेवी प्रकास चमारले आफुहरुले त्यत्रो जग्गा दान गरे पनि उल्टै आफुहरुलाई त्यहा रहेका गैर दलितहरुले अपमान गरिरहेको बताए । आफुहरु अहिले बिभेदमा परेको भन्दै स्थानिय पिडित झिनक चमारले आफुहरुलाई न्याय दिलाउन सबै सम्बन्धित निकायलाई अग्रह गरेका छन ।
उता चमार सेवा समाज नेपालले भोजमा गरिएको यस्तो विभेदको घोर विरोध गरेको छ । साथै विभेदमा परेकाहरुलाई सहयोग गर्नका लागि सबै पक्षसगं आग्रह गरिएको समाजका अध्यक्ष दिनेश चमारले बताए । यसरी एक्कईसौ शतब्दीमा पनि जातको आधारमा विभेद गर्नेहरुलाई कडा करवाहीको दायरामा ल्याउनु पर्ने र जग्गा दाता तथा त्यहा रहेका दलित समुदायलाई न्यायका लागि नेपाल सरकारले उचित पहल गर्नु पर्ने चमार सेवा समाज अमेरीकाका संयोजक अमिरी महरा चमारले माग गरेका छन ।
प्रकाशित मिति : मंगलबार, माघ २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्