राष्ट्रिय दलित पत्रकार संघ नवलपरासीको संयोजकमा अभिषेक

राष्ट्रिय दलित पत्रकार संघ नवलपरासीको संयोजकमा अभिषेक

नवलपरासी- राष्ट्रिय दलित पत्रकार संघ नेपाल नवलपरासीको प्रथम जिल्ला भेला आयोजना गर्न अभिषेक रावको संयोजकत्वमा ७ सदस्यीय भेला आयोजक समिति गठन भएको छ । भेला आयोजक समितिमा निशान परियार, लक्ष्मी सुनार, श्याम बन्धन हरिजन, रामकरन हरिजन र अमृत सुनार सदस्य रहनु भएको छ ।
नवलपपरासीको भुमइ स्थीत आज भएको भेलामा संघका केन्द्रीय अध्यक्ष एवं संविधान सभा सदस्य विनोद पहाडी, संघका केन्द्रीय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली, नेपाली काङ्ग्रेस सरावल गाउँपालिकाका सभापति बिनोद पाण्डे, नेकपा नवलपरासीका नेता अडिग बिक, संघका प्रदेश नम्बर ५ का सदस्य उमेश बिक, इन्दिरा बिक, संघका चितवन सचिब श्याम बिक लगायतले संघ स्थापना भएपछि दलित आन्दोलन अघि बढ्ने बताए र दलित समुदायको मुद्दा एक भएर उठाउनु पर्नेमा जोड दिएका छन् । अहिले देशभरीमा १ हजार ३ सय दलित समुदायका पत्रकार एवं सञ्चारकर्मीहरू क्रियाशील रहेका छन् ।

प्रकाशित मिति : मंगलबार, माघ २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij