JanataToday.com

Advertisment

SKIP THIS

आईसीसी विश्वकप लिग २ : ओमानले नेपालाई दियो १९८ रनको लक्ष्य

आईसीसी विश्वकप लिग २ : ओमानले नेपालाई दियो १९८ रनको लक्ष्य

काठमाडौं-आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज नेपाल र ओमानले खेलिरहेका छन् । अहिले जारी उक्त खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डङ रोजेको हो । टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको हो ।

ओमानले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहका रुपमा पहिलो विकेट गुमायो । उनलाई करन केसीले एक रन बनाएको अवस्थामा पवेलियन फर्काए । ओमानले छ दशमलव चार ओभरमा १९ रनको स्कोर छँदा दोस्रो विकेट गुमाएको थियो ।

खवर अलीलाई व्यक्तिगत पाँच रनको स्कोरमा करन केसीले नै आउट गरे । तेह्रौँ ओभरको तेस्रो बलमा अकिब ल्यास व्यक्तिगत १६ रनको स्कोरमा रन आउट भए । त्यो बेला ओमानले ३९ रन बनाएको थियो ।

यस्तै सुशन भारीले खेलको १९औँ ओभरको चौथो र अन्तिम बलमा विकेट लिए । ओमानको स्कोर ५७ भएको अवस्थामा सुशनले जेशन मक्सुदलाई चौथो विकेटका रुपमा पवेलियन फर्काए भने टोलीको स्कोर ५७ रन भएकै अवस्थामा नेपाली मूलका ओमानका खेलाडी सुरज कुमारलाई पाँचौँ विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्लद्वारा ‘क्याच आउट’ गराए ।

मक्सुदले २० रन बनाए भने सुरज कुमार खाता नै नखोलीकन पवेलियन फर्किए । सुशनले ३८औँ ओभरमा सन्दीप गौडलाई छैटौँ विकेटका रुपमा पवेलियन फर्काए । उनले ३३ रन बनाए ।

ओमानका लागि मोहमद नदीमले अविजित रहँदै ६९ रन बनाए । सन्दीप गौदले ३३ रन जोड्दा कप्तान जसन मसुदले २० रन बनाए । यस्तै अकिब अयासले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । सुशन भारीले ३, दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । नेपालका चर्चित लेग स्पीनर सन्दीप लामिछाने भने विकेटविहीन बने । १० ओभर बलिङ गर्दा विनाविकेट सन्दीपले ४५ रन दिए ।

प्रकाशित मिति : बुधबार, माघ २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij