फागुनको पहिलो साता तेस्रो बुटवल खुल्ला लन टेनिस हुदै संचालन हुने

फागुनको पहिलो साता तेस्रो बुटवल खुल्ला लन टेनिस हुदै संचालन हुने

बुटवल
प्रदेश पाचको एकमात्र टेनिस कोर्ट बुटवल देबिनगरमा आउदो फागुनको पहिलो साता तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता संचालन हुने भएको छ ।रुपन्देही लन टेनिस संघको आयोजनामा फागुनको ५ गते देखि ९ गतेसम्ममा तेस्रो संस्करण हुने विहिवार बुटवलमा पत्रकार सममेलन गरि जानकारी गराईएको छ ।विभिन्न ८ विधामा संचालन गरिने प्रतियोगितामा १ सय बढी खेलाडीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष संजय श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा पुरुष एकल , महिला एकल, पुरुषतर्फ ३५ वर्ष माथी ,४५ वर्ष माथी र ५५ वर्ष माथीका प्रतियोगितामा प्रतीस्पर्धा गराइने संघका सचिव गोपाल ज्ञवालीले बताए । त्यसैगरि डवल तर्फ पुरुष डवल, पुरुष ३५ वर्ष माथी र ४५ वर्ष माथीका बीच प्रतिष्पर्धा गराईने छ । पुरुष एकल र महिला एकल तर्फ प्रथम द्धितीय तृतीयलाई क्रमश ५५ हजार २५ हजार र १० हजार पुरस्कार रहेको छ ।त्यसैगरि पुरुष एकलको ३५ वर्ष माथीकाको प्रथमलाई ३० हजार ४५ वर्ष माथीकाको प्रथमलाई २५ हजार र ५५ वर्ष माथीकाको प्रथमलाई १५ हजार पुरस्कार रहेको छ । त्यैसगरि पुरुष डवल तर्फ प्रथम हुनेले २० हजार ३५ वर्ष र ४५ वर्ष माथीकाको प्रथमले समान २० हजार पुरस्कार पाउने आयोजकले जनाएका छन । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८५ हजार रुपैया लाग्ने अनुमान आयोजकले गरेका छन

प्रकाशित मिति : बिहिबार, माघ २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij