बागलुङमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, चारको अवस्था गम्भीर

बागलुङमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, चारको अवस्था गम्भीर

बागलुङ
बागलुङको तमानखोलामा आजसाँझ जन्ति बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका(१ बोंगादोभानमामा जन्ती बोकेर आएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३ बुलबुलेमा दुर्घटना भएको हो। दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए। दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन्। म्याग्दीको मालिका गाउँपालिका(२ का ४८ वर्षीया मनप्रसाद पुन, २९ वर्षीय चालक रमेश घर्ती, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीया गौमाया पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय र प्रहरीले उद्धार गरि स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ। थप उपचारका लागि जिल्ला सदरमुकाम वा पोखरा पठाउने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा सवार अरू ७ जनाभन्दा धेरै सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। झण्डै ३५ जना सवार ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ। विस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बिहिबार, माघ २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij