लुम्बिनीमा बौद्ध कला महोत्सव शुरु ,लुम्बिनीको विकासमा राजनीति नगर्न मुख्यमन्त्रीको आग्रह

लुम्बिनीमा बौद्ध कला महोत्सव शुरु ,लुम्बिनीको विकासमा राजनीति नगर्न मुख्यमन्त्रीको आग्रह

 

लुम्बिनी ।
लुम्बिनीमा बौद्ध कला, संस्कृति तथा साहित्य महोत्सव शुरु भएको छ । बौद्ध कला र संस्कृतिको प्रवद्र्धनका लागि महोसत्व आयोजना भएको हो ।

प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा शुरु तीन दिने महोत्सवको शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे ।

महोत्सवको उद्घाटनमा बोल्दै मुख्यमन्त्री पोखरेलले विश्व कलाबजारमा बौद्ध कला सबैभन्दा महत्वपुर्ण भएता पनि लुम्बिनीका स्थानिय जनतालाई बुद्ध कलासंग जोड्न नसकेकोप्रति चन्ता व्यक्त गरेका छन् ।

‘लुम्बिनी क्षेत्रका यहाका स्थानिय जनताको जिवनस्तर उकास्नका लागि हामीले बुद्धिज्मको कला, साहित्य र सस्कृतिसंग जोड्न सक्नुपर्दछ , उनले भने, ‘यहा विकासको बिरोधमा राजनीति हुने गरेको छ । यो गलत क्रियाकलाप हो ।’

मुख्यमन्त्री पोखरेलले बुद्धिज्मलाइ दुनियांमा फरक फरक तरिकाले बुझ्ने गरिएको बताउदैं जीवनपद्धतीसंग जोडेर दर्शनको रुपमा अंगिकार गरेमा फलदायी हुने बताए । उनले भने, ‘बुद्धिज्मलाई हामिले दर्शनको रुपमा चर्चा गर्याै । दुनियाको ठुलो पक्तिले सस्कृतिको रुपमा ग्रहण गरेको छ । केहिले धर्मको रुपमा त केहिले जीवन पदध्तिको रुपमा लिईरहेका छन् । तर जे भएता पनि हामीले बुद्धिज्मलाई स्थानीय संग जोडेर लग्यौ भने मात्रै त्यसले जिवन्तता पाउंछ ।’

मुख्यमन्त्री पोखरेलले लुम्बनी क्षेत्र र प्राचीन कपिलवस्तु गण राज्य तथा कोलिय गणराज्यको पहिचान र उत्खनन् जरुरि रहेको समेत बताए । उनले लुम्बिनी बुद्धिस्ट विश्व विद्यालयले अन्वेषणको काममा आफ्ना अनुसन्धानकर्ता विद्यार्थिलाई खटाउनुपर्ने पनि बताए । उनले भने, ‘अब यस क्षेत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राज्ञिक नेतृत्व गर्नेछ ।’ मुख्यमन्त्री पोखरेलले बुद्धिज्मलाई विश्व समुदायमा पुराउन सेक लुम्बिनी सधैं पवित्र क्षेत्र हुने निश्चित भएको पनि बताए ।

सो अवसरमा पुर्वमन्त्री दीपकुमार उपाध्ययले बुद्ध दर्शन सबैको महत्वपुर्ण दर्शन भएको बताउदैं हिरा खानीमा कमान्डलु लिएर हिड्नु परिरहेको बताए । उनले लुम्बिनी हिरा खानीको भएको सन्दर्भ उल्लेख गर्दै यसको व्यवस्थापनमा लुम्बिनी विकास कोषले अलि ध्यान दिन नसकेको तथा प्राध्यापक केन्जो टांगेको गुरुयोजना समयमा पुरा नभएकोप्रति चिन्ता व्यक्त गरे ।

समारोहमा रिम्पुचें श्रीधरण राणाले नेपालबाट नै पहिलो र दोस्रो सताब्दिमै बुद्ध धर्म बिदेश गएको ऐतिहासीकता उल्लेख गर्दै जयस्थिति मल्ल पश्चात् बुद्ध धर्म दबाउदै लगेता पनि नेवारहरुले बुद्ध धर्मलाई बचाएर राखेका बताए ।

विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचर्यले अन्तरास्ट्रिय बुद्धिस्ट साहित्य, संस्कति सम्मेलन मार्फत बुद्धिज्मको विकास गर्ने ध्ययेले कार्यक्रम गरिएको बताए । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा भईरहेको महोत्सव २६ गतेसम्म हुने महोत्सवमा हुने आयोजकले बताएका छन् ।

बौद्ध कला र साहित्यको प्रदर्शन तथा बौद्ध अध्ययन सम्बन्धी साहित्यको बिबिध विषयमा गोष्ठी हुने उक्त महोत्सवमा बौद्ध कला, संस्कृति र साहित्वको विषयमा महोत्सव मार्फत जानकारी दिन थालिएको रजिस्ट्रार आचर्यले बताए ।

महोत्सवको अवसरमा मोलाम पुजा समेत हुने भएको छ । सोही अवसरमा पूर्व मन्त्री मोदनाथ प्रश्रित, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राजदूत खगनाथ अधिकारी, टंक कार्की, विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, बरिष्ठ पत्रकार डा. कुन्दन अर्याल, पुरातत्वविद् कोषप्रसाद आचार्य, बसन्त विडारी, प्राज्ञ गोपिरमण उपाध्याय सहितका १६ विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका डीन प्रा. डा. वेदप्रसाद गिरीले जानकारी दिए । कार्यपत्र प्रस्तुत २५ र २६ गते प्रस्तुत हुने उनले जानकारी दिए । महोत्सवको समापन २६ गते साँझ हुने भएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij