रुपन्देही उद्योग संघमा आवद्ध महिला उद्यमीहरुको भेलाद्धारा महिला उद्यमी समिति गठन

रुपन्देही उद्योग संघमा आवद्ध महिला उद्यमीहरुको भेलाद्धारा महिला उद्यमी समिति गठन

बुटवल।
रुपन्देही उद्योग संघमा आवद्ध महिला उद्यमीहरुको भेलाले शुक्रबार महिला उद्यमी समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न उद्यमीहरुको भेलाले भावना स्का फोल्डिङ्ग मेट्रियलकी शारदा रेग्मी भट्टराई, संयोजकत्वमा ७ सदस्यीय महिला समिति गठन गरेको हो ।
गठित समितिको सहसंयोजकमा हरि हस्तकला उद्योगकी हरिकला मल्ल, सचिवमा यूनिक फेशन उद्योगकी अनिता भण्डारी सदस्यहरुमा सिद्धबाबा नर्सरी उद्योगकी मधुरा कुमारी भट्टराई मुडवारी, आकाश कृषि औजार उद्योगकी मिना थापा तुलाधर, दुर्गा प्रिन्टिङ्ग तथा स्टेशनरी उद्योग उर्मिला खनाल, रुरु कन्या आयल मिल रम्भादेवी श्रेष्ठ चयन हुनु भएको छ ।
भेलाले समितिको सल्लाहकारहरु समेत चयन गरेको छ । सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, संघका महिला सचिव माया खनाल, कार्यसमिति सदस्य रमा पौडेल पराजुली, मन्जु भुसाल, सरला भण्डारी, जमुना सेवदी पोखरेल, रेनुका खरेल, सावित्रा टण्डन, रचना पन्त, शारदा पहारी, इन्दिरा अर्याल, रहनु भएको छ ।
भेलाका अध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाले उपस्थित उद्योगीहरुलाई स्वागत गर्दै संघका महिला समितिको गठनको महत्व र उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो ।
संघका अध्यक्ष बाबुराम बोहोराले महिला उद्यमी समितिमार्फत आएका समस्याहरु समस्या समाधानका लागि संघले विगतका दिनहरुमा पनि सम्बन्धित निकायहरुमा पहल गर्दै आइरहेको र आगामी दिनमा पनि समस्या समाधानका निम्ति प्रदेश तथा केन्द्रसम्मका सम्बन्धित निकायहरुमा पहल गर्न सकिने बताउनु भयो । साथै महिलाहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ र बनिसकेका महिलाहरुलाई प्रोत्साहन गर्न हौसला दिन संघले हरेक बर्ष आप्mनो स्थापना कालको अवसर पारेर महिला उद्यमीहरुमध्येबाट एक जना महिलालाई सम्मान गर्दै आएको कुरा पनि स्मरण गराउनु भएको थियो । अध्यक्ष बोहोराले संघका हरेक क्रियाकलापमा वस्तुगत समिति तथा महिला उद्यमी समितिको उत्साहजनक सहभागिता र सक्रियता रहने छ भन्ने आशा व्यक्त गर्दै नव गठित महिला उद्यमी समितिलाई बधाई दिनु भएको थियो ।
भेलामा महिला सचिव माया खनालले धन्यवाद ज्ञापन गर्दै संघमा आवद्ध हामी महिला उद्यमीहरुले संचालन गरेका उद्योगहरुमा परेका समस्या समाधान गर्न र आवश्यक तालिम, गोष्ठी तथा अन्तरक्र्रिया गरी महिलाहरुलाई अझ शसक्त रुपमा उद्योग संचालन गर्न र नयाँ उद्यमीहरुको लागि पनि सल्लाह सुझावहरु दिन अनुभव आदान प्रदान गर्न संघ सधैं तत्पर रहेको छ भन्नुभयो ।
कार्यक्रममा संघकी कार्यसमितिट सदस्य शरला भण्डारी, रमा पौडेल पराजुली, मन्जु भुसाल, जमुना सुवेदी पोखरेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नव गठित महिला समितिका संयोजक शारदा रेग्मी भट्टराई विगतमा पनि महिला उद्यमी समितिमा बसेर लिएका अनुभवहरुबाट महिला उद्यमीहरुलाई अझ सक्षम बनाई र अगाडि बढाउन कसरी सकिन्छ र हामी महिला उद्यमीहरुले भोग्नु परेका समस्याहरुलाई पनि संघसँग सहकार्य गरी सम्बन्धित निकायहरुमा पहल गर्न सधै प्रयासरत रहने विश्वास दिलाउनु भएको थियो । साथै संघले आयोजना गर्ने कार्यक्रमहरुमा महिला उद्यमीहरुको सक्रिय सहभागिता रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।
भेलामा संघका कार्यसमिति सदस्य मोहनीलाल रिजाल, विशाल बेलबासे र महिला उद्यमीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन संघका सचिव हिरामणी भट्टराईले गर्नु भएको थियो

प्रकाशित मिति : शुक्रबार, माघ २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij