नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाको १४ औ साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाको १४ औ साधारण सभा सम्पन्न

 

बुटवल -नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाको १४ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ५ का योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाले गरेका कार्यहरु प्रति सह्राना व्यक्त गदै विपत् व्यवस्थापनमा प्रदेश नम्बर सरकारले आवश्यक परे सक्दो संहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै रेडक्रस संस्था एउटा पाठशाला भएको बताऊदै यसले मानवीय र जोखिमका समस्या समधान कसरी गर्न सकिन्छ भन्ने जस्ता सेवामूलक कार्यमा प्ररित गर्ने र रेडक्रसले गर्ने संहयोग शहर कन्द्रित मात्र नभएर ग्रामीण केन्द्रित पनि हुन आवश्यक रहेको बताउनु भयो । त्यस्तै बुटवल उपशाखाका सभापति वेन बहादुर पौडेल क्षेत्रीले यस संस्थामा कपडा बैक स्थापना गर्दा संहयोग गर्ने विभिन्न संहयोगीदाताहरु प्रति धन्यवाद दिनु भयो । कार्यक्रममा संस्थाका सचिव लोकनाथ पाण्डेले सचिवको प्रतिवेदन, दिल बहादुर थापाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

१४ औ साधारण सभामा नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखामा कपडा बैक संहयोग गर्ने संहयोगीदाताहरुलाई प्रंशसापत्र सहित सम्मान गरिएको थियो । साथै संस्थालाई योगदान गर्ने व्यक्तिव्व दिल बहादुर थापा, कृष्ण बहादुर कंवर मगर, अप्सरा उपाध्याय, दीप बोडिङ स्कुल, न्यू होराइजन बोडिङ लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा पुनाराम पोखर्रेल, प्रेम उदास , सुदर्शन प्रसाद नेपाल लगायतको शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाका सभापति वेन बहादुर पौडेल क्षेत्रीको अध्यक्षता, प्रदेश नम्बर ५ का योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमको प्रमुख आतिथ्यता, लोकनाथ पाण्डेको स्वागत र उपसभापति विमल बहादुर शाक्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो

प्रकाशित मिति : शनिबार, माघ २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij