बुटवल ।
लोकप्रिय गायिका देबिका वन्दनाको नयाँ गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको शब्द, सङ्गीत, अमोश तामाङको एरेञ्ज र दीप तुलाधरको मिक्सिङरमाष्टरिङ रहेको मारुनी गीत ‘भोलिलाई कस्ले पो देख्या छ, आज राम्रो साइतै जुर्या छ’ गीतको भिडियो सार्वजनिक भएको हो ।
दीप शाक्य श्रेष्ठको निर्देशनरकोरियोग्राफ रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, निशा गुरुङ, विशाल गुरुङ र विजी एरोविक एण्ड डान्स एकेडमी पोखराको डान्स ग्रुपलाई फिचरिङ गरिएको छ । अनिल श्रेष्ठले निर्माण गरेको भिडियोमा संजय लामाको छायाँकन र विजेश पौडेलको सम्पादन रहेको छ । गीतको भिडियोलाई देबिकाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
देबिका वन्दनाले ‘एउटा परदेशी’, ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’, ‘नेपाली माया चाहिन्छ’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तिमीलाई मेरो यो आँखामा’लगायत दर्जनौ राष्ट्रिय, भजन, सुगम सङ्गीत र चलचित्रका चर्चित गीत स्रोतारदर्शकमाझ पस्किएकी छन् । आफ्ना अन्य गीत जस्तै भरखरै सार्वजनिक गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ले पनि स्रोतारदर्शको माया पाउने आफू आशावादी रहेको बन्दनाले बताइन ।
प्रकाशित मिति : शनिबार, माघ २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्