सरकारले चिनिया शैलीको कम्युनिष्ट शासन नेपालमा ल्याउन खोजे छ :नेता खांण

सरकारले चिनिया शैलीको कम्युनिष्ट शासन नेपालमा ल्याउन खोजे छ :नेता खांण

बुटवल ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले अहिलेको सरकारले चिनिया शैलीको कम्युनिष्ट शासन नेपालमा ल्याउन खोजेको बताउनुभएको छ । निरंकुशता लाद्न खोज्ने कम्युनिष्ट शासन देशबाट पतन भएर जाने उहाले बताउनुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै खांणले लोकतान्त्रिक मुल्यमान्यतासंगै प्रेस स्वतन्त्रता र मानवअधिकार सिद्धयाउन लागिपर्ने जोकोही आफै सिद्धिने बताउनुभयो । निरंकुश ढंगले जनताका अधिकार बन्चित गराउन सरकार अघि बढेकाले यसको प्रतिवाद गर्न कांग्रेस लागिपर्ने बताउनुभयो । उहाले भन्नुभयो जनताले निरंकुशता हटाउन र प्रजातन्त्र ल्याउन नखोजेको भए देशबाट राणाशासन र निर्दलीय पन्चायती व्यवस्था नै जाने थिएन । उहाले निरंकुश पद्धती देशमा आउन नसक्ने बताउनुभयो । लोकतानित्रक मुल्यमान्यता रक्षाका लागि कांग्रेस लागिपर्ने उहाले बताउनुभयो ।

खांणले यसका विरुद्ध नेपाली कांग्रेसले हदैसम्म प्रतिवाद गर्ने बताउनुभयो ।सचेतक खांणले नेपाल धान फल्ने हिलो खेतमा आलु रोपेसरह भएको बताउनुभयो । अहिलेको सरकार आउनुमा कांग्रेस पार्टीको पनि केही कमजोरी भएको भन्दै उनले अप्राकृतिक सरकारको शासन रहेकाले जनता को परिक्षण असफल भएको जनाउनुभयो ।
फरक प्रसंगमा नेता खांणले देशका उद्योगी व्यवसायी उत्साहित भएर लगानी गर्नुपर्ने, राष्ट्रिय अर्थतन्त्र उकालो लाग्नुपर्ने अवस्थामा सम्झौता गरेर व्यवसाय संचालन गरेका व्यवसायीलाई हटाएर सरकारले असहिष्णुता देखाएको बताउनुभयो। सर्वोच्चको आदेश जारी भइसक्दासमेत पत्र हातमा आउनुअघि नै लुम्बिनी प्रादेशिक अस्पतालका सटर भतकाएर सरकारले कठोरता देखाएको भन्दै जति कठोर र आक्रामक भएर सरकार हिंड्छ, त्यती नै असफल हुने दाबी गर्नुभयो । राज्यले व्यवसायीको लगानीको संवद्र्धन गर्न नसकेको उहाले बताउनुभयो।

प्रकाशित मिति : शनिबार, माघ २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij