तिलोत्तमा- चीनबाट फैलिएको कोरोना भाईरसलाई लिएर तिलोत्तमा चेम्बर अफ कमर्शले सर्वसाधारणलाई हात नमिलाउन आग्रह गरेको छ ।
कोरोना भाईरस सरुवा रोग भएकोले यसले महामारी निम्त्याउन सक्ने भन्दै चेम्बरले यस्तो आग्रह गरेको हो ।
तिलोत्तमा चेम्बर अफ कमर्शको बैठकले सम्पुर्ण उद्योगी व्यवसायीहरु लगायत आम नेपालीहरुलाई भेटघाटको क्रममा “नमस्कार“ गर्न तर हात नमिलाउन आग्रह गरेको अध्यक्ष जेपि कंडेलले बताउनुभयो । हात नमिलाएर नमस्कार गर्ने परिपाटीले विभिन्न सरुवा रोग लाग्नबाट बच्न सकिने ठकर पनि तिलोत्तमा चेम्बर अफ कमर्शले गरेको छ ।
प्रकाशित मिति : आइतबार, माघ २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्