गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव कार्कीकी पत्नीको मृत्यु

गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव कार्कीकी पत्नीको मृत्यु

काठमाडौं ।
नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको उपचारका क्रममा मृत्यु भएको छ ।

घाइते अवस्थामा तेटिएकी मुनाको लतिलपुर स्थीत स्टार अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । आज विहान सानेपास्थित आफ्नै निवासमा मुनाको हत्या प्रयास भएको प्रहरीले जनाएको छ ।

कार्कीको घरमा काम गर्ने दाङ घर भएका विजय चौधरीको शव भने झुण्डिएको अवस्थामा फेला परेको छ । कार्कीकी पत्नी मुनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

टाउकोमा गम्भीर चोट लागेर रगतले लतपतिको अवस्थामा उनी भान्सामा भेटिएकी थिइन । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : सोमबार, माघ २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij