बुटवल – शुसिल श्रेष्ठको फिल्मी टर्निङ्ग पोइन्टको गतिलो खुड्किलो मानिएको फिल्म ‘लभ डायरिज’ को मोफसल यात्रा लिदै अहिले कलाकार सहितको जम्बो टिम देश दौडाहामा छ ।
ट्रेलर सार्वजनिक गरिसकीएको फिल्मलाई दर्शकको मायासंगै भेटका लागि मोफसल यात्रामा आएको कार्यकारी निर्माता मोति कार्कीले बताए । सामाजिक प्रेमकथामा आधारित यो फिल्ममा प्रेम, विछोड र रोमान्सलाई सन्देशमुलक रुपमा देखाइएको नायक शुशिल श्रेष्ठले बताएका छन ।
आफ्नो डेब्यु फिल्म रहेकोले पनि लभ डायरिजमा आफुले सक्दो कोशिस गरेको नायिका रुबिना थापाले बताएकी छिन। करिब १ करोड २५ लाख लगानी रहेको फिल्मका लगानीकर्ता विनोद सापकोटा हुन् । दर्शकहरुलाई उपहारस्वरूप प्रेम दिवसको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरिज’ लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । फिल्ममा सुशील श्रेष्ठ र रुविना थापाको शीर्ष भूमिका रहेको फिल्ममा विश्वजीत रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारले समेत अभिनय गरेका छन् । काठमान्डौ पोखरा चितवन मनाङ्ग लगायतका देशका रमणिय ठाउमा छायांकन रहेको फिल्ममा सञ्जय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।
प्रकाशित मिति : सोमबार, माघ २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्