गण्डकी प्रदेशमा प्रहरी ऐन निर्माणका लागि कावासोतीमा छलफल

गण्डकी प्रदेशमा प्रहरी ऐन निर्माणका लागि कावासोतीमा छलफल

नवलपुर ।
पूर्वी नवलपरासीको कावासोतीमा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रहरी ऐन निर्माणका लागि छलफल भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, पूर्व एआईजी बमबहादुर भण्डारी, पूर्व प्रहरी महानिरीक्षक उपेन्द्र शाही लगायतका विशेषज्ञहरुको सहभागितामा छलफल कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरुले प्रहरी जनताप्रति जवाफदेही हुन नसकेको भन्दै टिप्पणी गरेका थिए ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रतिनिधि एवम् सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश सांसद रोशनबहादुर गाहा, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले, नेकपाका केन्द्रिय सदस्य किसान गैरे, नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे लगायतले सुझाव दिएका थिए ।
छलफल कार्यक्रम जनमुखी तथा लोकतान्त्रिक प्रहरी निर्माणका लागि कसरी गर्ने प्रदेश प्रहरीको संगठन र संरचना कसरी निर्माण गर्ने व्यवसायिक र आधुनिक प्रहरी कसरी निर्माण गर्ने,अपराध रोकथाम र अनुसन्धानमा प्रदेश प्रहरीको कस्तो भुमिका हुने लगायतका विषयमा छलफल गरिएको थियो ।
गण्डकी प्रदेश सरकार प्रदेशका लागी प्रहरी सम्बन्धि ऐन ल्याउन लागेकोले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश भित्रका सम्पूर्ण जिल्लामा पुगी सरोकारवालाहरुसंग छलफल बढाएको छ ।

प्रकाशित मिति : सोमबार, माघ २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij