बुटवल ।
बुटवल अटो ईन्जिनियरिङ एशोसियसन मैनावगरमा १ महिने हेवि ईकुईप्मेन्ट मेकानिक्स एडभान्स हाईड्रोलिक सिस्टम ,फ्युल सिस्टम तालिम सम्पन्न भएको छ ।
बुटवल अटो ईन्जिनियरिङ एशोसियशन तथा नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेना विधुत तथा यान्त्रिक शिक्षालय खरिपाटि ब्यारेक भक्तपुरको संयुक्त आयोजनामा यो तालिम सम्पन्न भएको हो । तालिममा नेपाली सेनाका १५ जना जवानको सहभागिता रहेको थियो ।तालिममा सिकेको सीपलाई प्रयोगमा ल्याई स्वदेशमै केही रोजगार लिन सकिने प्रशिक्षार्थी हरूले वताए ।
अटो ईन्जिनियरिङ एशोसियशनका अध्यक्ष बाबुलाल पाण्डेले विगत केहिवर्ष देखि यस्तो प्राविधिक तालिम दिदै आएको र यसवाट निकै फाईदा लिन सक्ने वताउनु भयो ।
नेपाली सेनाका प्राविधिक महासेनानी गजेन्द्र नाथ कर्माचार्यले यस्तो तालिम नेपाली सेनाका लागि निकै महत्त्वपूर्ण रहेकोले आगामि दिनमा पनि निरन्तरता दिने वताउनु भयो ।तालिम प्रसिक्षक राधाकृष्ण देउलाले मुलुकमा प्राबिधिक शिक्षाको निकै आबश्यक रहेको वताउनु भयो ।
बुटवल अटो ईन्जिनियरिङ एशोसियशनका अध्यक्ष बाबुलाल पाण्डेको अध्यक्षता र वडा अध्यक्ष रमेस नेपालको प्रमुख अतिथ्यतामा सम्पन्न तालिममा अटो मेकानिस महासघका वरिष्ठ उपाध्यक्ष जनार्दन गैरे , सस्थापक अध्यक्ष खडक वहादुर गौतम, सल्लाहकार प्रेम फौदार, टंक पोखरेल, प्राविधिक अनिस थापा , तालिम संयोजक चिन्तामणि खनाल, महासचिव तुल्सिराम न्यौपाने , कोरिियन नेपाल टेक्निकल ईन्स्टिच्युट का प्रिन्सिपल अच्युत राज न्यौपाने प्रेस सल्लाहकार दामोदर खनाल लगायतले मनतव्य राख्दै तालिममा सिकेका सिपलाई ब्यवहारमा लागुगर्दै फाईदा लिन सक्नुपर्ने वताए ।
शनिबारबाट लुम्बिनीमा शुरु भएको महोत्सवमा करिव ४ हजार सहभागि भएको विश्वविद्यालयले जनाएको छ । बौद्ध कला, संस्कृतिको प्रदर्शन र मोन्लाम पुजा महोत्सवका आकर्षण थिए । दुई दिन भएको विचार गोष्ठीमा बिभिन्न १६ विद्धानहरुले बिबिध विषयमा छलफल गरेका छन् । यो कार्यक्रमले लुम्बिनी क्षेत्रमा बौद्ध संस्कृतिको विकास र पर्यटन प्रवद्र्धन एवं भ्रमण वर्षमा सघाउ पुगेको विश्वास रजिष्टार आचार्यले गरे । विश्वविद्यालयले कला महोत्सव तिलौराकोट, रामग्राम र देवदहमा गर्ने योजना बनाएको छ । चारै पवित्र धाममा बौद्ध संस्कृतिको गतिबिधि बढाउनका लागि महोत्सव गर्ने योजना बनाइएको हो
प्रकाशित मिति : सोमबार, माघ २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्