लुम्बिनी प्रेस क्लबको भवन शिलन्यास

लुम्बिनी प्रेस क्लबको भवन शिलन्यास

भैरहवा
भैरहवा क्षेत्रका क्रियाशिल पत्रकारहरुको साझा संगठन लुम्बिनी प्रेस क्लब रुपन्देहीले आज एक कार्यक्रमका बीच आफ्नो नवनिर्मित चार तले भवन निर्माणका लागि आज शिलन्यास गरेको छ । क्लबले रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा आफ्नो भवन बनाउन लागेको हो । उक्त भवनको शिलन्यास गर्दै संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले भैरहवा क्षेत्रमा रहेका पत्रकारहरुले समाचार लेखनका साथै नेपालमै पहिलो पटक न्यूज फेस्टिबल सम्पन्न गरेको र अहिले आफ्नो भवन निर्माणको काम अगाडि बढाएकोमा खुशी व्यक्त गरे ।
उनले कृषितर्फ किसान तथा अन्य नागरिक आकर्षित हुने परिस्थिति बन्ने बताएका छन् । उनले कृषिमा लाग्ने नागरिकको उद्यम नडुब्ने, मिहिनेत खेर नजाने र यो क्षेत्रमा पसिना बगाउने व्यक्ति सुरक्षित हुन्छन् भन्ने मानसिकताको विकास गराउन सरकार लागेको बताए । मन्त्री भुसालले भने, “करिब ६० वर्ष कृषि क्षेत्रले नगरेका कामहरु अब के गर्नुपर्ने हो, त्यसतर्फ म करिबकरिब खुट्टा टेक्ने स्थानमा छु, कृषिमा लाग्ने व्यक्ति मर्दैन, उसका सन्तानहरुको जीविकोपार्जन गर्न समस्या हुँदैन भन्नेतर्फ काम अगाडी बढाएका छौं । उनले कृषि तथा पशुपन्छी मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयहरु धेरै रहेकोले समेत बताए । रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुसालले सिद्धार्थनगरबासी सामूहिक रुपमा अगाडि बढ्न संकल्प गरे ५ र ७ वर्षमै धेरै लामो यात्रा तय गर्न सकिने बताए ।
कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले पत्रकारको कलम जनता तथा विकासको पक्षमा चल्नुपर्ने बताउँदै मिडियाले गलत कुराको उजागर गर्नुपर्ने बताए । प्रदेशसभा सदस्य फखरुद्दीन खानले मिडियाले शक्ति नभई सत्यको र व्यक्तिको नभई विचारलाई समेटनुपर्ने बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले आर्थिक–सामाजिक रुपमा भैरहवा अगाडी बढ्दै गएको बताए । उनले अन्य क्षेत्रबाट पनि यस्तै सहयोग भए लुम्बिनी प्रेस क्लबको भवन निर्माण कार्य छिट्टै सम्पन्न हुने बताए ।
पूर्व सांसद इस्तियाक अहमद खानले मिडियाले सरकारको कमिकमजोरी औल्याउनुपर्ने बताए । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले क्लबलाई गाउँपालिकाबाट सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अरु संस्थाको भवन शिलान्यास भएको समाचार लेख्ने पत्रकारहरुको आफ्नै संस्थाको भवन शिलान्यास हुनु प्रशसंसनीय रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद शर्माले भवन निर्माणमा निजि क्षेत्रको साथ र सहयोग रहने बताए । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले लुम्बिनी प्रेस क्लबले सक्रियताका साथ आफ्ना कार्यक्रमहरु अगाडि बढाएको बताए । क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता, उपाध्यक्ष नरेश के।सी।को स्वागत तथा महासचिव सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij