बुटवल
बुटवल १२ स्थित नयाँगाउँमा रहेको मुक्तिनाथधाममा १३ औं बार्षिक अनुष्ठान स्वरुप सवा करोड महारुद्र हवन महायज्ञ समापन गरिएको छ । माघ २२ बाट शुरु भएको महायज्ञ आज समापन गरिएको हो ।
महायज्ञको समापनका क्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेबी आचार्यले बोल्दै मुक्तिनाथधामले धार्मिक पर्यटनको बिकासमा ठूलो भूमिका खेलेको बताउनुभयो ।
विश्व शान्तिको कामना गर्दै हरेक बर्ष महायज्ञ गरिदै आएको धामका प्रमुख संरक्षक स्वामि लोकानन्दले बताउनुभयो ।माघको १ गतेदेखि हवन शुरूभएपनि हुने र २२ गेतबाट प्रवचन शुरू भएको थियो सो महायज्ञमा भागवत मञ्जरी राधिका दासीले कथाबाचन गर्नुभएको थियो ।
धामले प्रत्येक बर्ष महायज्ञ गर्दै आएको धामका अध्यक्ष धर्मराज शर्माले बताउनुभयो
प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्