शिक्षालाई प्राविधिक रुपमा स्तरिकृत गरेर लैजानुआवश्यक छ :राष्ट्रियसभा सदस्य भट्टराई

शिक्षालाई प्राविधिक रुपमा स्तरिकृत गरेर लैजानुआवश्यक छ :राष्ट्रियसभा सदस्य भट्टराई

बुटवल ।

राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले विद्यालय परिषद भित्र तँ शब्दको प्रयोगमा प्रतिबन्ध गर्नु अनुकरणीय कार्य रहेको बताउनुभएको छ ।

आज रामापुर माध्यमिक विद्यालयको ५६ औँ बार्षिक उत्सब तथा अभिभावक दिवसको अवसरमा बोल्दै सांसद भट्टराईले सरकारी विद्यालयलाई स्तरिकृत गर्न शिक्षक , विद्यार्थी , अभिभावकको सक्रियताको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले कार्यक्रममा बोल्दै रामापुर मा वि लाई मोडेल स्कुलका रुपमा लैजान आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले माध्यमिक शिक्षाको शिक्षालाई प्राविधिक रुपमा स्तरिकृत गरेर लैजानुपर्ने बताउनुभयोे । ज्ञान र सीप सहितको शिक्षा विद्यार्थीले पाउनुपर्ने बताउनुभएका भट्टराईले शिक्षक तथा पाठ्यक्रम नै गलत भएको दाबी गनुभयोे । निजि स्रोत बाट पढाइरहनुभएका शिक्षकको समस्या सरकारले समाधान गर्ने भट्टराईको भनाइ छ ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश नं ५ का सांसद तथा नेकपाका प्रदेश प्रमुख सचेतक भुमिश्वर ढकालले सैनामैना नगरपालिकाकै पुरानो विद्यालयका रुपमा परिचित रामापुर माध्यमिक विद्यालयलाई शुभकामना दिदै समाजमा रहेका विकृति , विसङ्गति विस्तापन गर्न विद्यालयको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले कार्यक्रममा बोल्दै वैदेशिक रोजगार हटाउने र स्वदेशमा रोजगारी सिर्जना गरि विकास निर्माणमा युवा पुस्तालाई लगाउन जरुरि रहेको बताउदै जलविद्युत बेच्नका लागि विदेशी बजार खोज्ने बेला आएको बताउनुभयो ।

त्यस्तै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले विद्यालयको गुणस्तर सुधारका लागि बिशेष योजना सहित नगरपालिका अगाडि बढेको बताउदै नगरले सम्पूर्ण सामुदायिक विद्यालयमा खेलकुद सामाग्री वितरण गरेकाले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा टेवा पुगेको बताउनुभयो । उहाँले सबै विद्यालयका शिक्षकलाई आईसिटी तालिम दिईएको बताउनुभयो । नगरपालिकाले विद्यालयमा आईसिटी सामाग्री वितरण गरेको बताउँदै लागू पदार्थ दुर्ब्यसनमा कक्षा ९ देखि १२ सम्मको विद्यार्थी बढी सक्रिय रहेकाले सैनामैना नगरपालिकामा १२ लेभल लाई दिउँसोमा सारेको बताउनुभयो ।

विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने विभिन्न विधामा अब्बल विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालयमा रहेका विभिन्न अक्षयकोष विद्यालयका विद्यार्थीलाई वितरण गर्नुका साथै उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक महत्त्व झल्कने प्रस्तुति प्रस्तुत गरेका थिए ।

सम्पन्न कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जीवन ज्ञवालीको सभापतित्व, राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईको प्रमुख आतिथ्यता, प्रदेश सभा सांसद भुमिश्वर ढकाल, सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की , जिल्ला समन्वय इकाई रुपन्देहीका सभापति एकराज वि.क , प्रमुख जिल्ला अधिकारी रुपन्देहीका मानदेव पन्थ , सैनामैना नगरपालिकाका उप प्रमुख विना राना , शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख दिपेन्द्र ढकाल , नेपाली काङ्ग्रेस जिल्ला उप सभापति फणिन्द्र शर्मा लगायतको विशिष्ट आतिथ्यता तथा शिक्षक , विद्यार्थी , अभिभावकको उपस्थित रहेको थियो । भने सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक काशिराम पोख्रेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij