नेपाली कांग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गर्ने

नेपाली कांग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गर्ने

काठमाडौँ ।
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले सरकारको समीक्षा गर्दै क्रियासिल सदस्यता छानविन समिति गठन गर्ने भएको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सरकारको दुई वर्षे समीक्षा र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विधानका दफा र नियमावलीका नियम सम्बन्धमा निर्णय लिने र सात सदस्यीय क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गर्ने एजेण्डा पनि छ । कांग्रेसले क्रियासिल सदस्यता वितरण गर्ने तयारी गरेको छ ।
पार्टीको संशोधित विधानको दफा ३५ को उपदफा २ अनुसार तोकिएको समयसीमाभित्र अधिवेशन गराउन कानुनी असहजता देखिएपछि गत पुस ११ मा संस्थापन इतर पक्षको बहिस्कारकाबीच बसेको केन्द्रीय समिति बैठकले विधानको बाधा अड्काउ फुकाउ आदेशको प्रयोगमार्फत उक्त दफासहित अन्य केही दफाहरु पनि निलम्बन गरेको थियो

प्रकाशित मिति : बुधबार, माघ २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij