संसदीय प्रणाली मास्न खोजिरहेको वर्तमान सरकारलाई सफल हुन दिने छैनौ :नेता पौडेल

संसदीय प्रणाली मास्न खोजिरहेको वर्तमान सरकारलाई सफल हुन दिने छैनौ :नेता पौडेल

नुवाकोट ।
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली मास्न खोजिरहेको वर्तमान सरकारलाई सफल हुन नदिने बताउनुभएको छ । उहाँले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय प्रणाली उल्ट्याएर एकदलीय साशन ल्याउन खोजेको भन्दै कांग्रेस यस्तो हुन नदिने बताउनुभयो ।नुवाकोटको पञ्चकन्या गाउँपालिका सञ्चालित प्रथम पञ्चकन्या चेयरमेन कप भलिबल प्रतियोगिताको समापन कार्यक्रममा पौडेलले संसदीय व्यवस्था उल्टाउने प्रयास नगर्न चेतावनी पनि दिनुभयो । उहाँले संसदीय व्यवस्थाविपरीत मुलुकलाई लैजाने प्रयास वर्तमान सरकारले गरिरहेको भन्दै कुनै पनि शासकले यस्तो विषयमा कोसिस गर्नुको औचित्य नभएको बताउनुभयो ।पौडेलले राजाको जस्तै राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएर राज्य चलाउने प्रयत्न भइरहेको दावी गर्दै कार्यकारी राष्ट्रपति बनाउने प्रयत्न पनि सफल नहुने बताउनुभयो ।तत्कालीन द्वन्द्वरत पक्षलाई शान्ति वार्तामार्फत सिंहदबार भित्र्याउने काम कांग्रेसले गरेको बताउदै पौडेलले देशको शासन व्यवस्था पक्षपाती किसिमले चलाउदा यसको असर सत्ताधारीलाई नै पर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : बुधबार, माघ २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij