बुटवल
नेपाली सेनाको रामनगर ब्यारेक बुटवलस्थित श्री गरुडदल गणबाट खट्टिएको नेपाली सेनाको फौजले बृद्धाश्रममा सरसफाई गर्नुका साथै निशुल्क स्वास्थ्य परिक्षण समेत गरेको छ ।
रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं. २ तल्लो फुलबारीमा अवस्थित सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु बृद्धाश्रम परिसर सरसफाई तथा बृद्धाश्रममा बस्ने कोठा, लत्ताकपडा, बाथरुम तथा शौचालय सरसफाई गर्नुका साथै बृद्ध पुरुषहरुको दाह्री कपाल काटिदिएको छ ।
उक्त बृद्धाश्रममा पुरुष ८ र महिला १ गरि कुल जम्मा ९ जनारहेका छन । सोहि क्रममा प्रा. उ.से डा. सुश्री रक्षा गुरागाईबाट सबै बृद्धबृद्धाहरुको निःशुल्क स्वस्थ्य परिक्षण गर्नु भएको हो ।
त्यसैगरि गणका गणपति प्रमुख सेनानी ज्योति कुमार थापाले चामल, दाल, नुन, विष्कुट, तेल, चिनी, चिया, पाउरोटी लगायतका खाद्यान्य आश्रमलाई वितरण गर्नु भएको थियो ।
प्रकाशित मिति : बुधबार, माघ २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्