बुटवल -पाल्पा रैनादेवी छहरा गाउँपालिका भुवनपोखरी निवासी सुक बहादुर सुनारको बुहारी बर्ष २० कि धना सुनारको दुवै मृगौला काम नलाग्ने भएको छ । धना सुनारलाइ बचाउन उनको परिवारले सहयोगको लागी अनुरोध गरेका छन् ।धनाको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको धनाका साशुआमा शान्ता सुनारले बताउनुभयो।परिवारीक अवस्था कामजोर रहेको धनाको बुटवल स्थित गौतम बुध्द सामुदायिक मुटु अस्पत्तालमा नियमित डायलासिस भइरहेको सुनारले जानकारी दिनुभयो ।उपचारको लागि भएको २ घडेरि बेचेर उपचार गराएपछि अहिले आम्दानिको स्रोत केहि नभएकोले नाता, ईष्टमित्र तथा आफन्तकै भरमा अस्पताल पु¥याएर औषधी उपचार गरिरहेको शान्ताले बताउनुभयो ।

उहाले अस्पतालले मृगौला प्रत्यारोपणका लागि १५ -१६ लाख रुपैंयाँ जम्मा गर्न लगाए पनि आफुसँग रकम जम्मा गर्ने क्षमता नभएकाले सहयोग माग्नुपरेको बताउनुभयो। धनाको श्रीमानले सुनचादिको काम गर्ने गरेका थिए अहिले भने धनाको स्याहार र रेखदेख गर्न परेकोले काम गर्न पनि पाएका छैनन सोहि कारण रकम जुटाउन मुस्कील भएको बताइएको छ ।धनाको १ छोरी छिन ।
शान्तले धनालाइ बचाउन मुक्तिनाथ विकास बैंक लि .शान्ता सुनारको खाता नम्बर ०१७२०६००४१९९८९०००००१ मा रकम जम्मा गरेर सहयोग गर्न सबैसग अपिल गर्नुभएको छ । शान्ता सुनारको सम्पर्क मोबाइल नम्बर ९८२१४४३१२७ रहेको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्