नेकपा रुपन्देहीद्धारा शहिदहरुको स्मरण

नेकपा रुपन्देहीद्धारा शहिदहरुको स्मरण

बुटवल
२५ औ जनयुद्ध दिवशको अवसरामा नेपाल कम्युनिष्ट पाटी नेकपा रुपन्देहीले शहिदहरुको स्मरण गरेको छ । पार्टी कार्यालय सुख्खानगरमा आज आयोजित श्रद्धाञ्जली सभामा नेताहरुले शहिदको योगदानलाई कहिलै पनि भूल्न नसकिने बताउनुभयो।
चरणवद्ध आन्दोलन संघर्ष तथा जनयुद्धको जगमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउदै उनिहरुले गणतन्त्रलाई संस्थागत गर्न सबै वामशक्ति एक हुन जरुरी रहेको बताए । कार्यक्रममा नेकपामा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लिला गिरीले संघिय लोकतान्त्रीक गणतन्त्र प्राप्तीको लागि वलिदानी दिने सहिदको सपना पुरा गर्ने जिम्मेवारी आएको बताउनभयो । राष्ट्यि सभा सदस्य गोपाल भट्टराईले संघिय लोकतान्त्रिक गणतनत्रलाई सुदृढ नपार्दा सम्म सहिदको सपना पुरा हुन नसक्ने बताउनभयो।अर्का केन्द्रिय सदस्य एवं जिल्ला सह इन्चार्ज दधिराम न्यौपाने, नेता वामदेव क्षेत्री, प्रदेश सदस्य रिज्जु श्रेष्ठ, जिल्ला अध्यक्ष शिव सुवेदी, सचिव निर्मल जिसी लगायतले जनयुद्ध दिवशको शुभकामना व्यक्त गर्दे शहिदहरुले देखेको सपना पुरा गर्न प्रतिवद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij