कपिलवस्तु –मन्दिर भनेपछी सबैको मनमा एक किसीमको दृश्य आउछ जस्तै गजुर, घण्टी फुलपाती, देवी देउतका मुर्तीहरु, । विश्वको जुनसुकै कुनमा रहेको मन्दिरमा पनि मुर्ती लगायत पुजा समाग्री, पुजारी रहेको हामीले पाएका छौ । तर एक यस्तो मन्दिर छ जहाँ शदियौँ देखी काठ दउरा, झारपात चढाइन्छ ।
सुन्दा जो कोहीलाई पनि अच्चम लाग्ने गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मा पर्ने जंगलको विचमा रहेको बनशत्तीको मन्दिरमा काठ दउरा, झारपात चढाउने गर्दछन ।
कपिलवस्तुको पुर्वपश्चि राजमार्ग देखी करिब ३ किलोमिटर उत्तर खरेन्द्रपुरबाट भितरिया जाने सडकको छेउमा रहेको छ बनशत्तीको मन्दिर । त्यो बाटो हिडने जो कोहीले बनशत्ती पुगेपछी नजिकै रहेको रुखबाट काठ दउरा काटेर झारपात बनशत्तीमा चढाउने गर्छन । बनशत्तीमा ढोक गरे जंगलमा नडाउने, नहराउने जनविश्वास रहेको छ ।
शदियौँ देखी सो स्थानमा रहेको बनशत्तीमा पुगेपछी जो कोहीले रुखको हागाविगा चढाउने गरेको पाइन्छ । धेरै काठ दाउरा हागाविगा भएपछी आफै उक्त स्थानमा आगलागी हुने गरेको भितरियाका राम अवतार चौधरीले जानकारी दिनुभयो । जंगल आउने तथा भितरियाको बाटो हिडने जो कोहीले उक्त स्थानमा ढोक गरी काठ दउरा चढाउदै आएको चौधरीले बताउनु भयो ।
बनशत्ती संरक्षणको पर्खाईमा
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मा पर्ने जंगलको विचमा रहेको बनशत्तीको संरक्षण नहुदा बनशत्तीको अस्तीत्व हराउदै गएको छ । बनशत्तीमा पहिले केही सरंचना नभएकोले गत बर्ष सानो संरचना निर्माण गरिएको छ । लाखौ नागरिकहरुको अस्थासंग जोडीएको बनशत्तीमा स्थायी सरंचना निर्माण गर्नु पर्ने खरेन्द्रपुर र भितरियाका स्थानियले माग गरेको छन ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्