पाल्पा
दुई जना जनप्रतिनिधिसहित पाल्पाको रामपुरमा १४ जना जुवाडे पक्राउ परेका छन् ।रामपुर ५ रानाटोलमा रहेको रुद्रकुमार श्रेष्ठको घरमा जुवा खेलिरहेका वडा नम्बर ४ का वडा सदस्य ३७ वर्षीय तिर्थ बहादुर थापा, वडा नम्बर ५ का वडा सदस्य ४९ वर्षिय काशिनाथ रेग्मी सहित १४ जना पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ८ बुक तास र एक लाख तीन हजार दुई सय पचासी रुपियाँ बरामद भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख, प्रहरी निरीक्षक भीम बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार रामपुर ५ का ५१ वर्षीय रुद्र कुमार श्रेष्ठ, त्यसै ठाउँका ५१ बर्षिय नगेन्द्र काफ्ले, ६४ वर्षीय श्यामकान्त शर्मा, ५८ वर्षीय फत्त बहादुर थापा, ५० वर्षीय भेष बहादुर शाही, ३९ वर्षीय यादवप्रसाद भण्डारी, ४० वर्षीय मुक्ति थापा, रामपुर ४ का ४५ वर्षिय चाम बहादुर शाही, ४१ वर्षीय जोरमहमद, ३४ वर्षीय निलकण्ठ खाम्चा, ४६ वर्षीय देव सेन र निस्दी गाउँपालिका ४ का ३३ वर्षीय पूर्ण बहादुर बारघरे लाई ईलाका प्रहरी कार्यालय, रामपुरमै राखेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्