बुटवल, ।
नेपाल बजार बिक्रि प्रतिनीधि संघ लुम्बिनी शाखाको आयोजनामा संस्थाका सदस्यहरुलाई क्षेमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम प्रदान गरिएको छ । शनिबार बुटवलमा आयोजना गरिएको तालिममा लुम्बिनी शाखा सहित बाँके, बर्दिया, दाङ र चितवन शाखाबाट करिव २ सय जनाको सहभागिता रहेको थियो ।
तालिममा अन्तर्राष्ट्रिय प्रशिक्षक गोबिन्द ज्ञवाली र उद्घोषक गोपाल अधिकारीले सैद्धान्तिक तथा व्यबहारिक पक्षलाई समेटेर प्रशिक्षण गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै नेपाल बजार बिक्रि प्रतिनीधि संघका केन्द्रीय अध्यक्ष सूर्य पराजुलीले संस्थाका सदस्यहरुलाई लक्षित गरेर आयोजना गरिएको क्षेमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम व्यबहारिक जिवनमा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बजारमा काम गर्ने सदस्यहरुको क्षमता अभिबृद्धि र नेतृत्व बिकास तालिम अपरिहार्य रहेको सन्दर्भमा लुम्बिनी शाखाले त्यसको व्यबस्थापन गरेर राम्रो कामको थालनी भएको बताउनु भयो ।
त्यस्तैगरी रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले उद्योग र उद्योगमा काम गर्ने बजार प्रतिनीधिबिच नङ र मासुको सम्बन्ध हुनु पर्ने बताउँदै उद्योगका उत्पादनसंग उपभोक्तालाई जोड्ने बजार प्रतिनीधिहरु उद्योगको ऐना भएको बताउनु भयो ।
नेपाल बजार प्रतिनीधि संघ लुम्बिनी शाखाका अध्यक्ष कमलराज पौडेलले संस्थाका सदस्यहरुको क्षमता अभिबृद्धि र उनीहरुको नेतृत्व बिकास अपरिहार्य देखेर तालिम सञ्चालन गरिएको जानकारी गराउँदै तालिममा सिकेका कुरालाई व्यबहारमा उतार्न सहभागिलाई आग्रह गर्नुभयो ।
तालिमको उद्घाटन कार्यक्रममा रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्लीराज भण्डारी, खुद्रा किसाना व्यबसायी संघ रुपन्देहीका अध्यक्ष ज्ञानप्रसाद न्यौपाने, रिपोटर्स क्लवका रामकुमार क्षेत्री, संघका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार ऋषि अधिकारी, छविलाल शर्मा लगायतले भनाई राख्नुभएको थियो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्