हुगेली सम्पर्क समाजको साधारण सभाको अवसरमा रक्तदान

हुगेली सम्पर्क समाजको साधारण सभाको अवसरमा रक्तदान

 

बुटवल ।हुँगेली सम्पर्क समाज रुपन्देहीको बार्षिक साधारण सभाको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । संस्थाको दोस्रो वार्षिक साधारण सभाको अवसरमा शनिबार आयोजना गरिएको रक्त दान कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा सुभेच्छुक गरि ५५ जनाले रक्तदान गरेका थिए । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।

रक्तदान कार्यक्रमसंगै आयोजना गरिएको साधारण सभामा बोल्ने वक्ताहरुले समाज स्थापनागरि यसका गतिबिधि हुनाले हुँगाबाट रुपन्देहीमा आएर बसेका बिचमा आपसी भाईचारा र सदभाव अझै प्रगाढ बन्दै गएको बताएका थिए ।
कार्यक्रममा बोल्दै संस्थाका सदस्य तथा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले हुँगा छोडेर रुपन्देहीमा आएपनि हुँगाको हु भन्ने भावना जागृत गराउने गरी संस्थाले काम गर्नुपर्ने भनाई राख्नुभयो । समाजका माध्यमबाट हुगेली बिचमा आपसी सद्भाव तथा भाईचार अभिबृद्धि भएको बताउँदै यसका गतिबिधिलाई अझै बृहत्तर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
हुगेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष बिष्णु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा छत्रकोट गाउँपालिका वडा नं. १ हुँगाका वडा अध्यक्ष धातानन्द भण्डारी, वडा सदस्य भिमलाल न्यौपाने, सल्लाहकारहरु गौरा भण्डारी, भिमलाल न्यौपाने, पारस भण्डारी, रक्तदान कार्यक्रम संयोजक लेखनाथ भण्डारी, महासचिव धनबहादुर राना, सचिव खिमानन्द भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।
साधारण सभामा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी र समाजका अध्यक्ष बिष्णु भण्डारीले प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij