सैनामैनामा योग तथा प्राकृतिक चिकित्सालय संचालनमा आउनु प्रदेशकै गौरवको बिषय हो :मन्त्री गिरी

सैनामैनामा योग तथा प्राकृतिक चिकित्सालय संचालनमा आउनु प्रदेशकै गौरवको बिषय हो :मन्त्री गिरी

सैनामैना ।
प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले सैनामैनामा योग तथा प्राकृतिक चिकित्सालय संचालनमा आउनु प्रदेशकै गौरवको बिषय रहेको बताउनुभएको छ ।
उहाँले सैनामैना १ चारपालामा रहेको पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयमा नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रद्धारा संचालित शनिबार बृहत पर्यटन तथा योग महोत्सव २०७६ लाई उद्घाटन गर्दैे यस्तो बताउनुभएको हो ।
चिकित्सा क्षेत्रमा एलोप्याथिक औषधीले विकराल अवस्था सिर्जना भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन योग तथा प्राकृतिक चिकित्सा पद्धति महत्वपुर्ण हुने गिरीको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गिरीले बृहत पर्यटन तथा योग महोत्सवले नेपाल सरकारले अवलम्बन गरेको पर्यटन बर्ष २०२० र प्रदेश सरकारले घोषण गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ लाई समेत सघाउ पुर्याउनुका साथै आन्तरिक पर्यटक प्रवद्र्वन गर्न टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । समाज र देशलाई रुपान्तरण गर्न धार्मिक तथा पर्यटन क्षेत्रको महत्व रहेको जिकिर गर्दै गिरीले आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो ।
प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले अहिलेको परिवेशमा नागरिकहरु तनाव मुक्त जीवन बाच्न खोजिरहेको अवस्थामा पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले बुद्धकालिन सभ्यतालाई प्रचार प्रसार गर्न सबै सँग आग्रह गर्नुभयो ।
चिकित्सालयले योग र अध्यात्मको माध्यमद्वारा विश्वमाझ एक शान्त, खुसी र सुखी राष्ट्रका रुपमा परिचित गराई आध्यात्मिक पर्यटकलाई आकर्षण गर्न सहयोग पुग्ने चिकित्साविद् डा।कृष्णा न्यौपानेको भनाइ छ ।
योगले नै हाम्रो जीवनमा सकारात्मक ऊर्जाको प्रवाह प्रदान गर्ने उल्लेख गर्दै स्वस्थ र तनाव मुक्त जीवनका लागि योग गर्नु अति नै आवश्यक रहेको सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो ।
उहाँले सैनामैनामा भइरहेका ठुला ठुला योजनाहरु लुम्बिनी साँस्कृतिक शहर,लामिरह बहुउद्देश्य बाँध , बोलबम पर्यटकीय पार्क,मलमला चौरा बाबा लगायतका बारेमा जानकारी गराउनुभयो ।
संस्थाका आजिवन सल्लाहकार फणिन्द्र प्रसाद शर्माले मनलाई कसरी शान्त पार्न सकिन्छ रु कसरी तनाव मुक्त हुने भन्ने बिषयलाई केन्द्रित गर्दै आयोजना गरिएको महोत्सव समाजका लागि अति नै उपयोगी रहेको उल्लेख गर्नुभयो ।
पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष रामप्रसाद भट्टराईले असोजदेखी संचालनमा आएको चिकित्सा केन्द्रले समाजमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।
भट्टराईका अनुसार चिकित्सालयले पर्यटन सँगै समाजको उत्थान र परिवर्तनका निम्ति यसको महत्व रहेको उल्लेख गर्दै सहयोग र साथका लागि सम्पुर्णमा आग्रह गर्नुभयो ।
फाल्गुण ८ गते सम्म संचालन हुने महोत्सवमा १८ वटा स्टल रहनेछन् । जसमा ८ वटा जडीबुटी तर्फ र ८ वटा भोजन तर्फ रहने चिकित्सालयका संस्थापक संरक्षक धुब्रकुमार घिमीरेले जानकारी दिनुभयो ।
जडीबुटी तर्फ ः मह ,पुनरनभा, अर्जुना, गोअर्क, कागुनो,कोदो,अमला लगायत छन् । यस्तै भोजन तर्फ ः लौकाको जुस , जमराको जुस, लस्सी,तरकारी, अङ्कुरीतदाल, उँखुको रस लगायत छन् ।
उद्घाटन समारोहको पुर्वसन्ध्यामा शुक्रबार र्याली समेत निकालिएको थियो । महोत्सवमा भजन,कृतन,नाँचगान, साँस्कृतिक कार्यक्रम समेत हुने महोत्सव संयोजक ज्ञान शर्मा भुसालले जानकारी दिनुभयो । साथै योग ऋषिहरु शिव,कपिल,बुद्धपतन्जली, पद्मपाणि, मच्छेन्द्रनाथ आदी बिषयमा प्रवचन समेत हुनेछन् ।
महोत्सवमा प्राचिन सैनामैनाका प्राकृतिक,साँस्कृतिक ऐतिहासिक वस्तुहरुको अवलोकन, योग एवम् प्राकृतिक चिकित्सकिय विधि सम्बन्धि अवलोकन र उपचार गराउन समेत पाइनेछ ।
चिकित्सालयको प्राङ्गढमा योग तथा चिकित्सा पद्धति,रोगी निरोगी,निरोगी दिर्घजीवी र योग तथा प्राकृतिक चिकित्सा पद्धतिका प्रवर्तक साधक तथा अभियानकर्ताहरुको सम्मान गरौँ भन्ने नारा सहित सुरु भएकोे महोेत्सवको संचालन रामबहादुर कुंवरले गर्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij