काठमाडौँ : चालू आर्थिक वर्षको पहिलो तीन महीनामा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब १२ करोड मुनाफा कमाएको छ ।
चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको नाफा नै बढी रहेको पाइएको छ । गत वर्षको सोही अवधिमा बैंकले रु ७० करोड ९५ लाख नाफा कमाएको थियो । बैंकले पछिल्लो तीन महीनामा रु एक खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरी रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ ।
बैंकको चुक्ता पूँजी रु नौ अर्ब पुगेको छ भने जगेडा कोष १४१ दशमलब ६७ प्रतिशतले बढेर रु १२ अर्ब ५४ करोड पुगेको बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यस्तै बैंकको पूँजी कोष अनुपात १३.७५ प्रतिशत छ भने खराब कर्जा ३.८३ प्रतिशत पुगेको छ । आधार ब्याजदर पनि बढेर ६.३३ प्रतिशत पुगेको छ । यसैगरी बैंकको कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत छ । यस्तै प्रतिशेयर आम्दानी गत वर्षको सोही अवधिको तुलनामा चार रुपैयाँले बढेर १२ रुपैयाँ ४४ पैसा पुगेको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्