राममणिमा अखिलले सुरु ग¥यो साताव्यापी कार्यक्रम

राममणिमा अखिलले सुरु ग¥यो साताव्यापी कार्यक्रम

तिलोत्तमा-अनेरास्ववियु राममणि बहुमुखी क्याम्पस कमिटीले सोमबारदेखि सप्ताहव्यापी कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत सोमबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ भने फागुन ११ गतेसम्म निबन्ध, वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम गरिने अनेरास्ववियुले जनाएको छ ।

साताव्यापी कार्यक्रमको उदघाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले बिगतदेखि नै अनेरास्ववियुले शैक्षिक मुद्दाहरु उठान गर्दै र त्यसलाई समाधान गर्दै आएको भन्दै शैक्ष्कि मुद्दा उठाएकै कारण अनेरास्ववियु लोकप्रिय संगठनको रुपमा स्थापित हुन सफल भएको बताए ।

विद्यार्थीले उठाउँदै आएका शैक्षिक मागलाई पूरा गरे शैक्षिक सुधारमा नयाँ आयाम थपिने बताउँदै उनले शैक्षिक मुद्दा सँगसँगै रचनात्मक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रम उदघाटन समारोहमा नेकपाका नगर सचिव लक्ष्मण खनाल, अनेरास्ववियुका साजन भण्डारी, सागर न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अनेरास्ववियु राममणि क्याम्पसले विभिन्न २१ बुँदे शैक्षिक माग राख्दै केही दिनअघि क्याम्पस प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएको थियो । आफूहरुले उठाएका शैक्षिक माग पूरा गराएरै छाडिने संगठनका राममणि क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेले बताए ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij