महाराजगंजको छैठौं नगर सभा सकियो , शिक्षा ऐन पारित

महाराजगंजको छैठौं नगर सभा सकियो , शिक्षा ऐन पारित

 

कपिलवस्तु -महाराजगंज नगरपालिकाको छैठौं नगर सम्पन्न भएको छ । कृषि उद्योग रोजगार
र पुर्वाधार, सुशासन र विकास महाराजंगजको आधार भन्ने मुल नारा सहित छैठौ
नगर सभा सम्पन्न भएको छ ।

महाराजगंज नगरपालिकाको छैठौं नगर सभाले शिक्षा ऐन पारित गरेको छ ।
साथै उक्त नगरसभाले आर्थिक ऐन र विनियोजन विद्येयश संशोधन गरेको छ ।
नगरपालिकाले नगरको समृद्धीको लागि विशेष योजनाका साथ काम गरिरहेको नगर
प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

नगर सभामा नगर नगर सभाअध्यक्ष तथा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल
कलामले नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । उहाँका अनुसार सडक,
शिक्षा स्वास्थ, खानेपानी, सिचाइ कुलो, कृषि, पर्यटनलाई प्राथमिकताका साथ
नगरपालिका आगाडी बढेको छ ।

महाराजगंज नगरपालिकाको चालू आ व को प्रगती विवरण प्रमुख प्रशासकीय
अधिकृत वेद प्रसाद खरेलले प्रस्तुत गर्नु भएको थियो ।

स्थानीय सरकारका कामहरु प्रभावकारी वनाउन सवै जनप्रतीनिधी जोडिएकाले पारदर्शी
भएर काम गर्नु पर्ने खरेलले वताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij